लन्डन । बेलायतस्थित प्राज्ञहरुको एउटा संस्था ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (प्रज्ञा परिषद) मा नयां नेतृत्व चयन भएको छ ।
गत १६ देखि १७ अप्रिलसम्म डरहाम युनिभर्सिटीमा आयोजित नेपाल अध्ययन दिवस (नेपाल कन्फेरेन्स) का अवसरमा भएको परिषदको साधारणसभाले अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो तथा नेपाल अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीलाई अध्यक्ष चुनेको हो । अधिकारी यसअघि संस्थाको महासचिव थिए ।
साधारणसभाले ४ वर्षे कार्यकालका लागि महासचिवमा लन्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्यक्षमा युनिभर्सिटी अफ बर्मिङहमका डा. फ्रेजर सुग्डेनलाई निर्वाचित गरेको छ ।
२३ मे, सन् २००० मा स्थापित उक्त प्राज्ञिक संस्थामा यसअघि प्राध्यापकहरु डा. सूर्य सुवेदी, माइकल हट र डेभिड गेल्नरपछि डा. अधिकारी चौंथो अध्यक्षका रुपमा निर्वाचित भएका हुन् ।
यसैबीच, दुई दिने उक्त नेपाल अध्ययन दिवसमा नेपाल र नेपाली संस्कृति सम्बन्धि ३५ वटा भिन्न भिन्न कार्यपत्र प्रस्तुत गरिएको डा. अधिकारीले जानकारी दिए । सम्मेलनमा नेपालसंग सम्बन्धित राजनीतिक पहिचान र संस्कृति, भूकम्प, बसाईं सराइ, स्वास्थ्य, उर्जा, विकास जस्ता मुलभुत विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
उक्त सम्मेलनमा बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, नेपाल लगायत देशबाट आएका प्राज्ञ, अनुसन्धाता तथा अन्य बुद्धिजिवी गरि करिब ७० जनाको सहभागिता थियो ।
उक्त अवसरमा परिषदले डा. मारिना कोर्जेनेभिकालाई पहिलोपटक पिएचडी शोधपत्र पुरस्कार प्रदान गरेको छ ।
तस्विर- सारा पार्कर
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता