लन्डन । बेलायतस्थित प्राज्ञहरुको एउटा संस्था ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल (प्रज्ञा परिषद) मा नयां नेतृत्व चयन भएको छ ।
गत १६ देखि १७ अप्रिलसम्म डरहाम युनिभर्सिटीमा आयोजित नेपाल अध्ययन दिवस (नेपाल कन्फेरेन्स) का अवसरमा भएको परिषदको साधारणसभाले अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो तथा नेपाल अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. कृष्ण अधिकारीलाई अध्यक्ष चुनेको हो । अधिकारी यसअघि संस्थाको महासचिव थिए ।
साधारणसभाले ४ वर्षे कार्यकालका लागि महासचिवमा लन्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्यक्षमा युनिभर्सिटी अफ बर्मिङहमका डा. फ्रेजर सुग्डेनलाई निर्वाचित गरेको छ ।
२३ मे, सन् २००० मा स्थापित उक्त प्राज्ञिक संस्थामा यसअघि प्राध्यापकहरु डा. सूर्य सुवेदी, माइकल हट र डेभिड गेल्नरपछि डा. अधिकारी चौंथो अध्यक्षका रुपमा निर्वाचित भएका हुन् ।
यसैबीच, दुई दिने उक्त नेपाल अध्ययन दिवसमा नेपाल र नेपाली संस्कृति सम्बन्धि ३५ वटा भिन्न भिन्न कार्यपत्र प्रस्तुत गरिएको डा. अधिकारीले जानकारी दिए । सम्मेलनमा नेपालसंग सम्बन्धित राजनीतिक पहिचान र संस्कृति, भूकम्प, बसाईं सराइ, स्वास्थ्य, उर्जा, विकास जस्ता मुलभुत विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
उक्त सम्मेलनमा बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, नेपाल लगायत देशबाट आएका प्राज्ञ, अनुसन्धाता तथा अन्य बुद्धिजिवी गरि करिब ७० जनाको सहभागिता थियो ।
उक्त अवसरमा परिषदले डा. मारिना कोर्जेनेभिकालाई पहिलोपटक पिएचडी शोधपत्र पुरस्कार प्रदान गरेको छ ।
तस्विर- सारा पार्कर
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे