काठमाडौँ, ५ वैशाख – रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन् ।
बाह्र वर्षीय गिरिश मास्के र अनमेश रायमाझीले रुसमा हुने ‘ग्लोबल फुटबल फर फ्रेन्डशिप’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने भएका हुन् ।
फुटबल फर फ्रेन्डशिप, ग्याजप्रोम र फिफाको सहयोगमा यूवा फुटबलको विकाशका साथै स्वस्थ जीवनयापनका लागि प्रेरित गर्ने लक्ष्यका साथ सञ्चालित कार्यक्रम हो । उक्त कार्यक्रमका अवसरमा विश्वभरका बालबालिकाबीच एक अर्काको संस्कृति आदानप्रदान हुनेछ । दुई सय १० देशका यूवाको सहभागिता रहने सो कार्यक्रममा नेपालले पहिलो पटक भाग लिन लागेको बताइएको छ ।
यही जुनमा रुसको मस्कोमा हुने कार्यक्रममा गिरिश यूवा फुटबलरका रुपमा भाग लिनेछन् । त्यहाँ ३२ टोलीबीच ग्याजप्रोम फुटबल फर फ्रेन्डसिप इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत मैत्रपूर्ण खेल हुने छ । अनमेश यूवा पत्रकारको रुपमा सहभागी हुनेछन् । दुवैजनाले रुसमै हुने ‘फुटबल फर फ्रेन्डशिप अन्तर्राष्ट्रिय बालबालिका फोरम’ को छैटौँ संस्करणमा समेत भाग लिनेछन् । उनीहरुले विश्वकपको फुटबलको उद्घाटन कार्यक्रम तथा खेल हेर्न पाउने बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते