
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका – २८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा स्थानीय राजकुमार मुसहरका नौ वर्षिय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष ६ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गर्नुहुँदै । तस्वीर – नारायण अधिकारी, रासस, चितवन
चितवन, ५ वैशाख – नौ वर्ष उमेर पुग्दासम्म बाबुसँगै गिट्टी कुटेको ठाउँमा खेलेर बिताएका एक बालकले आज अभिभावकत्व पाएका छन् । उनकी दिदीले ६ महिना विद्यालय गएर छाडेकी थिईन् । उनका भाइले अहिलेसम्म विद्यालय देखेका छैनन् । तर उनलाई आज त्यसै क्षेत्रका सांसदसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व प्रदान गर्नुभयो ।
भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा दाहालले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा सहभागी दुवै बालकका अभिभावकले आफ्नो सन्तान पढ्न पाउने भएको भन्दै खुशी प्रकट गरेका थिए । अरुणका बुबा राजकुमार गिट्टी कुट्ने काम गर्छन् । उनले अब छोरालाई राम्रोसँग पढाउने प्रतिक्रिया दिए ।
पत्रुसका आमा लक्ष्मीले छोरालाई देशको ठूलो मान्छेले अभिभावकत्व दिएको भन्दै छोरा पढ्न पाउने भएकामा खुशी प्रकट गरिन् । पत्रुसका पिता ज्याला मजदूरी गर्छन् । राजकुमार मुसहरको आफ्नो नाउँमा सम्पत्ति छैन भने पत्रुसको परिवारको नाममा दुई कठ्ठा जग्गा पर्दछ ।
सो क्षेत्र राप्ती र नारायणी नदीले दुई तर्फबाट घेरेको छ । उक्त क्षेत्रमा नदीमा आश्रित बोटे, माझी, मुसहरको बासस्थान छ । उनीहरु नदीमा माछा मार्ने, गिटी कुट्ने र ज्यालामजदुरी गर्ने गर्दछन् । दिनहुँ बिहान बेलुकाको छाक टार्ने समस्या हुने हुँदा पढाइ र स्वास्थ्यतर्फ कम ध्यान जाने सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद भट्टराईले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले सरकारले शुरु गरेको महाअभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । संविधान कार्यान्वयनको पहिलो कडीका रुपमा यो अभियानलाई सफल बनाउनुपर्ने उहाँले बताउनुभयो । देशलाई पूर्ण साक्षर बनाउन यो अभियान आएको भन्दै अध्यक्ष दाहालले अभियानले राष्ट्रलाई एकताबद्ध र जागरण ल्याउने उल्लेख गर्नुभयो ।
विभागका महानिर्देशक बाबुराम पौडेलले देशभरमा ८८ हजार २०७ बालबालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।
चितवन जिल्लामा मात्र ४९८ बालबालिका विद्यालय बाहिर रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा