
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका – २८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा स्थानीय राजकुमार मुसहरका नौ वर्षिय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष ६ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गर्नुहुँदै । तस्वीर – नारायण अधिकारी, रासस, चितवन
चितवन, ५ वैशाख – नौ वर्ष उमेर पुग्दासम्म बाबुसँगै गिट्टी कुटेको ठाउँमा खेलेर बिताएका एक बालकले आज अभिभावकत्व पाएका छन् । उनकी दिदीले ६ महिना विद्यालय गएर छाडेकी थिईन् । उनका भाइले अहिलेसम्म विद्यालय देखेका छैनन् । तर उनलाई आज त्यसै क्षेत्रका सांसदसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व प्रदान गर्नुभयो ।
भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा दाहालले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा सहभागी दुवै बालकका अभिभावकले आफ्नो सन्तान पढ्न पाउने भएको भन्दै खुशी प्रकट गरेका थिए । अरुणका बुबा राजकुमार गिट्टी कुट्ने काम गर्छन् । उनले अब छोरालाई राम्रोसँग पढाउने प्रतिक्रिया दिए ।
पत्रुसका आमा लक्ष्मीले छोरालाई देशको ठूलो मान्छेले अभिभावकत्व दिएको भन्दै छोरा पढ्न पाउने भएकामा खुशी प्रकट गरिन् । पत्रुसका पिता ज्याला मजदूरी गर्छन् । राजकुमार मुसहरको आफ्नो नाउँमा सम्पत्ति छैन भने पत्रुसको परिवारको नाममा दुई कठ्ठा जग्गा पर्दछ ।
सो क्षेत्र राप्ती र नारायणी नदीले दुई तर्फबाट घेरेको छ । उक्त क्षेत्रमा नदीमा आश्रित बोटे, माझी, मुसहरको बासस्थान छ । उनीहरु नदीमा माछा मार्ने, गिटी कुट्ने र ज्यालामजदुरी गर्ने गर्दछन् । दिनहुँ बिहान बेलुकाको छाक टार्ने समस्या हुने हुँदा पढाइ र स्वास्थ्यतर्फ कम ध्यान जाने सो विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केशवप्रसाद भट्टराईले बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले सरकारले शुरु गरेको महाअभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । संविधान कार्यान्वयनको पहिलो कडीका रुपमा यो अभियानलाई सफल बनाउनुपर्ने उहाँले बताउनुभयो । देशलाई पूर्ण साक्षर बनाउन यो अभियान आएको भन्दै अध्यक्ष दाहालले अभियानले राष्ट्रलाई एकताबद्ध र जागरण ल्याउने उल्लेख गर्नुभयो ।
विभागका महानिर्देशक बाबुराम पौडेलले देशभरमा ८८ हजार २०७ बालबालिका विद्यालय बाहिर रहेको भन्दै उनीहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।
चितवन जिल्लामा मात्र ४९८ बालबालिका विद्यालय बाहिर रहेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते