
सानेपास्थित पार्टी कार्यालयमा सोमबार नेपाली काँग्रेसद्वारा आयोजित श्वेतपत्र विषयक पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशशरण महत । तस्बिर – मीना घोरसाइने, रासस
काठमाडौँ- नेपाली कांग्रेसले श्वेतपत्रमा लेखिए जस्तो नेपालको अर्थतन्त्र कमजोर नभएको जनाएको छ । कांग्रेसद्वारा सानेपास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत गरी अबौद्धिक र अव्यवहारिक चरित्र देखाएको टिप्पणी गरे ।
प्रवक्ता शर्माले भने, “राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिशामा अघि बढाउनु कांग्रेसको कर्तव्य हो ।”
दश वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा काँग्रेस मात्र नभई अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार छ, कांग्रेसद्वारा जारीे प्रेस विज्ञप्तिमा भनिएको छ, “मुलुकमा छ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न काँग्रेसलाई नै अवसर जुरेको छ ।”
मुलुक वाह्य देशप्रतिको परनिर्भरता घट्दै गए पनि त्यसलाई श्वेतपत्रले समेट्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा विगतको २५ वर्षमा काँग्रेसले गरेको २२ उपलब्धिलाई समेटेको छ ।
कांग्रेसको एजेण्डामा चुनाव जितेको आरोप
वाम गठबन्धनले नेपाली कांग्रेसको एजेण्डालाई नै लिएर चुनाव जितेको कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आरोप लगाए ।
सानेपास्थित पार्टी कार्यालयमा ‘श्वेतपत्र’ विषयक पत्रकार सम्मेलनमा उनले भने, “श्वेतपत्रमार्फत नेपाली काँग्रेसले अर्थतन्त्र बिगारेको तर्क दिनु सरासर गलत हो ।”
नेता डा महतले एमालेको अहिलेको कार्यकालमा देशको अर्थतन्त्र झनै कमजोर बन्नसक्ने आरोप लगाउँदै शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा थुप्रै कुराहरुलाई कार्यान्वयनमा पुरयाए पनि नयाँ सरकारले त्यसलाई कार्यान्वयन हुन नदिएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई आफ्नो पार्टी केन्द्रित मात्र गर्न खोजेको आरोप लगाउँदै सबैलाई हातेमालो गरेर लान नसके देशले निकाश पाउन नसक्ने धारणा व्यक्त गरे ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]