जेरुसेलम, २० चैत – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि भएको सम्झौता रद्द गर्न लागिएको बताउनुभएको छ ।
इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चाल्नुभएको हो ।
इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौता फिर्ता हुने घोषणा गर्नुभएको थियो ।
समाचारलाई स्थानीय प्रशारण तथा छापा सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । उहाँले दक्षिणपन्थी राजनीतिक समूह तथा उहाँका कयौं आफ्नै समर्थक समेतमा देखिएको तातो रिस साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताउनुभएको थियो ।
सोमबार राती पोष्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रबासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताउनुभएको छ ।
सम्झौताले अस्थायी रूपमा नै भएपनि हजारौँ आप्रबासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो । उहाँले सम्झौता खारेज नै हुने मङ्गलबार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते