पोखरा-स्थानीय मणिपाल शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
अस्पताल प्रशासन कार्यालय अगाडि विभिन्न माग राखी धर्ना दिँदै आएका कर्मचारी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र तीन आन्दोलनरत कर्मचारी घाइते भएका हुन् ।
कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २० आन्दोलनकारीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनरत कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीसहित २० कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो । आन्दोलनकारीले अस्पतालको दोस्रो तलामा रहेको सिसालगायत डिनको कार्यालयमा तोडफोड गरेका छन् ।
तलबको १० प्रतिशत घरभाडाबापतको सुविधा दिनुपर्ने, खटिएका इञ्चार्जलाई छुट्टै भत्ता व्यवस्था गर्नुपर्ने, सञ्चित बिदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, लामो समयदेखि अस्थायी र करारका कर्मचारीलाई तुरुन्त स्थायी गरिनुपर्ने माग गर्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते