पोखरा-स्थानीय मणिपाल शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् ।
अस्पताल प्रशासन कार्यालय अगाडि विभिन्न माग राखी धर्ना दिँदै आएका कर्मचारी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र तीन आन्दोलनरत कर्मचारी घाइते भएका हुन् ।
कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २० आन्दोलनकारीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । प्रहरी उपरीक्षक सिंहका अनुसार घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनरत कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीसहित २० कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो । आन्दोलनकारीले अस्पतालको दोस्रो तलामा रहेको सिसालगायत डिनको कार्यालयमा तोडफोड गरेका छन् ।
तलबको १० प्रतिशत घरभाडाबापतको सुविधा दिनुपर्ने, खटिएका इञ्चार्जलाई छुट्टै भत्ता व्यवस्था गर्नुपर्ने, सञ्चित बिदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, लामो समयदेखि अस्थायी र करारका कर्मचारीलाई तुरुन्त स्थायी गरिनुपर्ने माग गर्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’