मन्त्रिस्तरीय सम्मेलनमा परराष्ट्रमन्त्रीले भाग लिने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, तस्वीर- इकान्तिपुर

काठमाडौँ, १८ चैत – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानको राजधानी बाकुमा यही चैत २२ र २३ गते हुने असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत २१ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्ति सुरक्षाको प्रवद्र्धन विषयक उक्त सम्मेलन अगाडि सदस्यमुलुकका वरिष्ठ अधिकारीहरुको बैठक यही चैत २० र २१ गते हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वरिष्ठ अधिकारीहरुको उक्त बैठकले नामको अघिल्लो सम्मेलनको समीक्षा गर्नुका साथै आगामी वर्ष हुने शिखर सम्मेलनको तयारी गर्नेछ ।

मन्त्रिस्तरीय मध्यावधि सम्मेलनमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र ‘काउन्सेलर’ सुरेन्द्र थापाले भाग लिनुहुनेछ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र हो । उक्त आन्दोलनका सिद्धान्त नेपालको परराष्ट्रनीतिका महत्वपूर्ण तत्व हुन् ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री