
भक्तपुर, १७ चैत – प्रदेश नं. ३ ले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
मैदान निर्माणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक टोलीसहित आज भक्तपुरको जग्गाको अवलोकन निरीक्षण गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले मैदान निर्माणका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गाको निरीक्षण गर्नुभएको हो ।
धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा ३ नं. प्रदेश सरकारले निर्माण गर्न लागेको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरेको हो । जग्गाको निरीक्षणपछि क्रिकेट मैदानका लागि उक्त जग्गा उपयुक्त रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो–“अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि हामीले जग्गा हेरयौं, जग्गा उपयुक्त लाग्यो अब आजसँगै आएको प्राविधिक टोलीले दिने प्रतिवेदनका आधारमा मैदान निर्माण कार्य शुरु गरिन्छ ।”
क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रुपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताउनुभयो ।
उहाँले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाका गर्ने बताउनुभयो ।
प्रदेश नं. ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पुरयाउने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण