काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्ने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नेछन्।
वार्तामा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी दिँदै शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीसँग भारतको केन्द्रीय सरकारका मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यले शिष्टाचार भेट गर्नेछन । उनी उत्तरखण्डको पन्त नगरस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन्।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा