यूसीएल नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी निर्वाचित 

लण्डन । युनिभर्सिटी कलेज लण्डन (यूसीएल) को नेपाली विद्यार्थी समाजको अध्यक्षमा शाहिल कैनी निर्वाचित भएका छन् ।
यसै हप्ता सम्पन्न भेलाले सर्वसम्मत रुपमा अध्यक्षको रुपमा उनलाई चयन गरेको हो ।
सो कार्य समितिमा रोहण रेग्मी उपाध्यक्ष, प्राग खनाल महासचिव र अभियान भण्डारी  कोषाध्यक्ष चुनिएका छन् ।
त्यसैगरी, गभिथुसन जयकुमार इभेन्ट अफिसर, गणेश खड्का वेलफेयर अफिसर एवं सोसाईटी प्रतिनिधि, आदित्य निरौला सोसिएल मेडिया अफिसर, आदर्श अर्याल सांस्कृतिक निर्देशकको  रुपमा चुनिएका छन् ।
सन् २०१४ मा स्थापित यूसीएल नेपाली विद्यार्थी समाजले नेपाली विद्यार्थीबीच भाईचारा बढाउने, अन्तरक्रिया गर्ने, एकापसमा सहयोग गर्ने, नेपाल र नेपालीलाई  चिनाउने आदि उद्देश्य लिएको छ ।
सन् १८२६ मा स्थापना भएको यूसीएल विश्वकै प्रतिष्ठित विश्वविद्यालयको रुपमा चिनिन्छ । गत वर्ष  सेप्टेम्बर २०१७ मा टाइम्स हाईएर एजुकेसनको विश्व बरियता क्रममा यूसीएल १६ औं स्थानमा पर्न सफल भएको थियो ।
हाल उक्त विश्व विद्यालयमा विभिन्न विभागअन्तर्गत करिब ५० नेपाली छात्रछात्रा अध्ययनरत छन् । १५० देशका करिब ३८ हजार विद्यार्थी अध्ययन गर्ने यूसीएलमा करिब ११ हजार शिक्षक र कर्मचारी काम गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री