
लण्डन । एसियन महिला एशोशिएशन (आमा) ले नारी दिवस २०१८ विभिन्न कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष अमिता बेलबासे र रशमोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरीद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रम सन्चालन सचिव कल्पना गुरुङले गरेकी थिइन् भने उपाध्यक्ष विभा गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा घरेलु हिंसा बिषयमा कम्युनिटी सेफटी अफिसर क्यारन इभानले करिब डेढ घण्टाको ‘प्रिजेन्टेसन’ दिइन् । प्रिजेन्टेसनमा घरेलु हिंसाका विभिन्न रुपको चर्चा भिडियोमार्फत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बेलबासेले नारीको जीवनस्तर उंभो लगाउन नारी नै जागरुक र यस्ता कार्यक्रम गर्दा पुरुषहरु समेतको सहभागिता हुनुपर्ने औंल्याउदै अति राम्रो नृत्य प्रस्तुत गरि मनोरन्जन प्रदान गर्ने संगीता गैरे, सुमुधुर गीत प्रस्तुत गर्ने ममता गुरुङ, उपस्थित समस्त पाहुना, हल र खाना प्रदान गर्ने भेटघाट रेस्टुरेन्टका प्रबन्धक शेर सुनार र कार्यक्रम सफल पार्न प्रत्यक्ष एवं परोक्ष सहयोग गर्ने सबै तह, तप्का लगायत आफ्नो कार्यसमितिलाई धन्यबाद दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रशमोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरी, बिशेष अतिथि कम्युनिटी सेफटी अफिसर क्यारन इभान, एनआरएनए युके आइसीसी सदस्य कुमारी गुरुङ, एनआरएनए युके प्रथम महिला शर्मिला फगामी, एनआरएनए युके उपाध्यक्षद्वय पुनम गुरुङ र सुशिला राई, घरेलु हिंसाबारे कार्यरत अलिजा गुरुङ, साइ सेन्टर फान्ब्रोकी अध्यक्ष सुष्मा गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ, प्रवक्ता प्रमिला राई, पुष्पा गुरुङ, ग्रेटर रशमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग, नया युवाकी पूर्व अध्यक्ष पिसी निलम राई, शान्ति लिम्बु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पेशाकर्मी, बुद्धिजीवीहरुको सहभागिता रहेको प्रवक्ता रोजिना प्रधान राईले बताइन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा