
लण्डन । एसियन महिला एशोशिएशन (आमा) ले नारी दिवस २०१८ विभिन्न कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष अमिता बेलबासे र रशमोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरीद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको उक्त कार्यक्रम सन्चालन सचिव कल्पना गुरुङले गरेकी थिइन् भने उपाध्यक्ष विभा गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।
कार्यक्रममा घरेलु हिंसा बिषयमा कम्युनिटी सेफटी अफिसर क्यारन इभानले करिब डेढ घण्टाको ‘प्रिजेन्टेसन’ दिइन् । प्रिजेन्टेसनमा घरेलु हिंसाका विभिन्न रुपको चर्चा भिडियोमार्फत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बेलबासेले नारीको जीवनस्तर उंभो लगाउन नारी नै जागरुक र यस्ता कार्यक्रम गर्दा पुरुषहरु समेतको सहभागिता हुनुपर्ने औंल्याउदै अति राम्रो नृत्य प्रस्तुत गरि मनोरन्जन प्रदान गर्ने संगीता गैरे, सुमुधुर गीत प्रस्तुत गर्ने ममता गुरुङ, उपस्थित समस्त पाहुना, हल र खाना प्रदान गर्ने भेटघाट रेस्टुरेन्टका प्रबन्धक शेर सुनार र कार्यक्रम सफल पार्न प्रत्यक्ष एवं परोक्ष सहयोग गर्ने सबै तह, तप्का लगायत आफ्नो कार्यसमितिलाई धन्यबाद दिइन् ।
कार्यक्रममा प्रमुख अतिथि रशमोर बरो काउन्सिलकी मेयरिस अतिका चौधरी, बिशेष अतिथि कम्युनिटी सेफटी अफिसर क्यारन इभान, एनआरएनए युके आइसीसी सदस्य कुमारी गुरुङ, एनआरएनए युके प्रथम महिला शर्मिला फगामी, एनआरएनए युके उपाध्यक्षद्वय पुनम गुरुङ र सुशिला राई, घरेलु हिंसाबारे कार्यरत अलिजा गुरुङ, साइ सेन्टर फान्ब्रोकी अध्यक्ष सुष्मा गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ, प्रवक्ता प्रमिला राई, पुष्पा गुरुङ, ग्रेटर रशमोर नेपाली कम्युनिटीकी उपाध्यक्ष रन्जिता मल्ल, महिला संयोजक लिला सेलिङ्ग, नया युवाकी पूर्व अध्यक्ष पिसी निलम राई, शान्ति लिम्बु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पेशाकर्मी, बुद्धिजीवीहरुको सहभागिता रहेको प्रवक्ता रोजिना प्रधान राईले बताइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन