
पोखरामा आइतबार बसेको प्रदेश ४ को मन्त्रिपरिषद् बैठकको निर्णयबारे पत्रकारलाई जानकारी गराउँदै मन्त्रिपरिषदका प्रवक्ता रामशरण बस्नेत । तस्वीर – वासुदेव पौडेल, पोखरा, रासस
पोखरा, २० फागुन – प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले नेपालको संविधानको धारा १६० बमोजिम मुख्य न्यायाधिवक्तामा घिमिरेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्नाका साथै मुख्यमन्त्री, मन्त्री एवं सचिवका अध्यक्षमा बस्ने बैठकमा बोलाइने विज्ञका सेवा सुविधालगायत निर्णय भएको जानकारी दिनुभयो ।
हाललाई सूचना प्रविधि विज्ञ, कानून विज्ञ, सार्वजनिक खर्च व्यवस्थापन विज्ञ, सार्वजनिक सुशासन विज्ञ र बजेट तथा योजना तर्जुमा विज्ञ पठाइदिन केन्द्र सरकारसँग अनुरोध गरिएको छ ।
मन्त्रिपरिषद्ले गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका पदाधिकारीलाई दिने सुविधासम्बन्धी कानून विधेयक, २०७४, प्रदेशसभाका सभामुख, उपसभामुख र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ र मन्त्रिपरिषद्का सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी कानून विधेयक, २०७४ लाई सैद्धान्तिक स्वीकृत गरेको छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेका आर्थिक कार्यविधि विधेयक, २०७४ र सार्वजनिक खरिद विधेयक, २०७४ दुईवटा कानून बनाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिइएको छ ।
मन्त्रिपरिषद् बैठकले मध्य पहाडी लोकमार्गको केही खण्डमा भएको विवाद बुझी त्यसको समाधानका लागि रामशरण बस्नेतको संयोजकत्वमा लेखबहादुर थापा रहनुभएको कार्यदल गठन गरेको छ भने गोरखाको भीमसेन र थार्चे गाउँपालिकाको केन्द्रमा भएको विवाद समाधानका लागि कानून मन्त्री हरिबहादुर चुमानको संयोजकत्वमा रामशरण बस्नेत रहने गरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते