लण्डन – बेलायती राजकुमार विलियमले यस बर्षको ग्रीष्म ऋतुमा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ ।
दरबारले दिएको जानकारी अनुसार राजकुमार विलियम प्यालेटाइन तथा इजरायलको औपचारिक भ्रमण गर्ने बेलायती राजपरिवारका पहिलो उच्च अधिकारी हुनुहुनेछ ।
राजकुमार विलियम बेलायती राजगद्दीको दावेदारका रूपमा दोस्रो व्यक्ति हुनुहुन्छ ।
‘बेलायती सरकारको अनुरोधमा हुने राजकुमार विलियमको भ्रमण इजरायली, जोर्डनी तथा प्यालेष्टिनी अधिकारीद्वारा अनुमोदन भइसकेको छ’- दरबारद्वारा जारी विजप्तिमा उल्लेख छ ।
यसपूर्व बेलायती राजपरिवारका कुनै पनि सदस्यले प्यालेष्टिनी क्षेत्रको औपचारिक भ्रमण गर्नुभएको छैन ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निकट अधिकारी विलियमको यो पहिलो औपचारिक इजरायल भ्रमण हो । यस पहिले बेलायती महारानीका भतिज डूक अफ केन्ट तथा डुक अफ ग्लाउसेस्टरले उक्त मुलुकको भ्रमण गर्नुभएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘भ्रमण ऐतिहासिक’ भएको भन्दै राजकुमार विलियमलको भ्रमणको स्वागत गर्नुभएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा