लण्डन – बेलायती राजकुमार विलियमले यस बर्षको ग्रीष्म ऋतुमा प्यालेटाइन तथा इजरायलका साथै जोर्डनको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको बिहीबार बेलायतको केसिङ्टन राजदरबारले जनाएको छ ।
दरबारले दिएको जानकारी अनुसार राजकुमार विलियम प्यालेटाइन तथा इजरायलको औपचारिक भ्रमण गर्ने बेलायती राजपरिवारका पहिलो उच्च अधिकारी हुनुहुनेछ ।
राजकुमार विलियम बेलायती राजगद्दीको दावेदारका रूपमा दोस्रो व्यक्ति हुनुहुन्छ ।
‘बेलायती सरकारको अनुरोधमा हुने राजकुमार विलियमको भ्रमण इजरायली, जोर्डनी तथा प्यालेष्टिनी अधिकारीद्वारा अनुमोदन भइसकेको छ’- दरबारद्वारा जारी विजप्तिमा उल्लेख छ ।
यसपूर्व बेलायती राजपरिवारका कुनै पनि सदस्यले प्यालेष्टिनी क्षेत्रको औपचारिक भ्रमण गर्नुभएको छैन ।
बेलायतकी महारानी एलिजावेथ द्वितीयको निकट अधिकारी विलियमको यो पहिलो औपचारिक इजरायल भ्रमण हो । यस पहिले बेलायती महारानीका भतिज डूक अफ केन्ट तथा डुक अफ ग्लाउसेस्टरले उक्त मुलुकको भ्रमण गर्नुभएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘भ्रमण ऐतिहासिक’ भएको भन्दै राजकुमार विलियमलको भ्रमणको स्वागत गर्नुभएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन