केन्ट । एफसी केन्ट गोर्खा भेट्रान बेलायतले एक च्यारिटी फुटबल खेल आयोजना गरी सामुदायिक वाल उद्दार केन्द्र, काठमाडौंलाई २ लाख रुपैयां सहयोग रकम हस्तान्तरण गरेको छ । एफसीले गत शनिबार काठमाडौंमा सो फुटबल प्रतियोगिता गरेको थियो ।
नेपालीले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको इतिहाससँगै सन् २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाएयता आफ्नो संस्कार-संस्कृति, भाषा तथा नयां र पुराना पुस्तालाई जोडेर राख्नुका साथै समाजमा घुलमिल गराउन सन् २०१४ मा सो क्लबको स्थापना भएको हो । समय समयमा च्यारिटी खेल खेलेर नेपालमा अनाथ, असहायहरुलाई सके जति सहयोग गर्ने क्लबको योजना रहेको क्लबका प्रवन्धक बुद्धी सुनुवारले जनाए ।
काठमाडौंमा ‘एमएस सेन्टर’ र एफसी केन्ट गोर्खा भेट्रान बेलायतबीच खेलिएको खेलमा नेपालका कलाकारहरु धिरेन शाक्य लगायतको उपस्थिति थियो । खेल फुलटाइम सम्ममा बराबर भएपछि ‘पेनाल्टी सुट’ मा समाप्त भएको थियो । उक्त खेल समाप्तपछि सामुदायिक वाल उद्दार केन्द्र काठमाडौंलाई २ लाख सहयोग रकम हस्तान्तरण गरिएको हो ।
टिम कोच लोक चेम्जोङले दोस्रो च्यारिटी खेल पोखरा सहारा क्लबको आयोजनामा मार्च ३ तारिख खेलेर सहारा युथ क्लबलाई सहयोग रकम हस्तान्तरण गर्ने क्लबको प्रारम्भिक योजना रहेको जानकारी पनि दिए ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय