लन्डन । पर्वत जलजला घर भई हाल बेलायत बस्ने पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यकी धर्मपत्नि राधिकाले अग्नी पीडितलाई आर्थिक सहयोग गरेकी छन् ।
आचार्य पत्नीले जलजला गाउंपालिका धाइरिङ निवासी अग्नी पीडित गम्भीरबहादुर नेपाली र सोही गाउं पर्वतको जलजला गाउंपालिका ७ धाइरिङका आगलागी पीडित इन्द्रमणि सुवेदीको परिवारलाई कुल ६० हजार रुपैयां प्रदान गरेकी हुन् । रकम हस्तान्तरणका क्रममा जलजला गाविस वडा नं ७ का वडा अध्यक्ष टुङगनाथ आचार्यको उपस्थिति थियो ।
आर्थिक अवस्था कमजोर भएका सुवेदी र नेपालीको परिवारलाई बेलायत बस्ने धाइरिङवासी राजेन्द्र आचार्य, भाई ध्रुव आचार्य र नारायण आचार्यले पनि केही रकम सहयोग गरेका थिए ।
आगलागीबाट नेपालीको घर जलेर पूर्ण रुपमा ध्वस्त हुनुका साथै खाद्यान्न, लत्ता कपडा र भांडाकुडा सबै जलेर नष्ट भएको माओवादी केन्द्र धाइरिङका अध्यक्ष हरिप्रसाद आचार्यले बताए ।
पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । आगलागीबाट सुवेदीको करिब २५ लाख रुपैयां र नेपालीको करिव ६ लाख रुपैयां बराबरको क्षति भएको अनुमान छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा