
लन्डन । युनिभर्सिटी कलेज लन्डनमा पिएचडी अध्ययनरत गणेश खड्का उक्त विश्वविद्यालयको विद्यार्थी युनियन चुनावमा लड्ने भएका छन् । खड्का सम्भवत विश्वविद्यालयमा १२५ वर्षको युनियन इतिहासमा पहिलो पटक नेपाली विद्यार्थीका रुपमा उठ्न लागेका हुन् ।
‘वेलफेयर एण्ड इन्टरनेशनल स्टुडेन्ट अफिसर’ का लागि खड्का मैदानमा उत्रिएका छन् । अनलाइन भोटिङ भोलि १ मार्चबाट शुरु हुने र अन्तिम नतिजा ८ तारिख आउने खड्काले बताए ।
४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा हुन लागेको चुनावी प्रतिष्पर्धामा खड्काले अन्तर्राष्ट्रिय विद्यार्थीका हक हित र ‘पोस्ट स्टडी वर्क’ हुनुपर्ने जस्ता मुल मुद्दा उठाएका छन् ।
उनले यूसीएलमा अध्ययनरत नेपाली विद्यार्थी र बेलायतको नेपाली समुदायलाई समेत आफ्नो चुनावी अभियानमा भौतिक तथा सम्भव भए आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।
‘मेरो जित भएमा यो समस्त नेपालीको प्रतिष्ठा र गर्व लायक विषय हुने भएकाले सामूहिक अभियानकै रुपमा यसलाई अगाडि बढाइदिन मेरो विनम्र अनुरोध छ’, खड्काले भने, ‘कोही विद्यार्थी फूर्सदिलो भए आएर अभियानमा सघाइदिएमा म आभारी हुने थिएं ।’ आफ्नो अभियानको ब्यानर, पोस्टर र पम्पलेट बनाएर प्रचार प्रसार गरिदिन उनले अपिल गरेका छन् ।
तर, चुनाव आफैंमा चुनौतिपूर्ण भएको उनले बताए । प्रतिष्पर्धीहरु चाइनिज, रसियन र ब्रिटिश विद्यार्थी भएकाले चुनाव आफैंमा निकै चुनौतिपूर्ण भएको उनी बताउंछन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन