लण्डन । पर्वत जिल्लाको भँगरा, दादा, ठानामौला र लामे क्षेत्रमा स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय विकासका कार्यक्रमहरु संचालन गर्दै आएको चारभन्ज्यांग तमु समाज युकेले यही शनिबार (२४ फेब्रुअरी) च्यारिटी डिनर गर्ने भएको छ ।
अल्डरसटस्थित एम्पाएर बांक्वेटिङ हलमा साँझ ५ बजे आयोजना गरिएको सो च्यारिटीबाट संकलित सहयोग स्वास्थ्यसेवा, शैक्षिक पूर्वाधार विस्तार र छात्रवृत्ति वितरणमा खर्च गरिने समाजका अध्यक्ष मेजर रिटायर्ड कृष्णबहादुर गुरुङले जानकारी दिए । ‘च्यारिटीको उद्देश्य चारभन्ज्यांग क्षेत्र विकास परियोजनाका लागि फण्ड संकलन गर्नु हो’- उनले भने ।
सन् २००७ मा युकेको च्यारिटी कमिसनमा दर्ता भएको सो समाजले सो क्षेत्रमा टेलिमेडिसिन सेन्टर, स्वास्थ्य शिविर, औषधि वितरण गर्दै आएको छ । समाजले स्वीनफेन च्यारिटेवल ट्रष्ट युकेको सहयोगमा लिमीठानामा टेलिमेडिसन सेन्टर स्थापना गरेको छ भने अन्तर्राष्ट्रिय स्वास्थ्य साझेदार युकेको सहयोगमा निशुल्क औषधि वितरण गर्दै आएको छ । यस्तै, सेलिन फाउण्डेसनको सहयोगमा भँगरा, खाल्टे र लामेमा वार्षिक स्वास्थ्य शिविर चलाउँदै आएको छ ।
समाजले नेपाल सरकारको सहयोग बिना नै क्लिनिक र पाँच स्वास्थ्यकर्मीको खर्च ब्यहोर्दै आएको छ ।
समाजलाई सहयोग गर्न चाहनेहरुलाई समाजको वेभ www.charbhanjyang.com मार्फत गर्न सकिने छ ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र