
लन्डन । क्वोने (घोताने-घोण्डे) गुरुङ समाज यूकेले गत १० फेब्रुअरी २०१८ शनिबार वार्षिक भेटघाट कार्यक्रम गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा नेपाल सरकार रक्षा मन्त्रालयकी उपसचिव सुश्री गीता घोण्डे गुरुङको उपस्थितिमा कार्यक्रम भएको हो ।
क्वोने समाज यूकेका अध्यक्ष नरजङ क्वोने गुरुङ, क्वोने समाज यूकेका वयोबृद्ध सदस्य ९५ वर्षीय दिल घोण्डे गुरुङ, क्वोने समाज यूकेका संस्थापक सल्लाहकार तथा विधान समितिका संयोजक नारायण क्वोन्मे, गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष श्रीमती पुनम क्वोने गुरुङ र नेपाल सरकार रक्षा मन्त्रालयकी उपसचिव सुश्री गीता घोण्डे गुरुङले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रम औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा सन् २०१७ सालमा यूकेमा रहेका विभिन्न संघसंस्थाहरुमा शीर्ष पदमा छानिएका भाइखलक र छोरीचेलीहरुलाई सम्मान गरियो । जसमध्ये गत साल २०१७ मा सम्पन्न गैर आवासीय नेपाली संघ यूकेको चुनावमा उपाध्यक्ष पदमा निर्वाचित भएकी क्वोनेको छोरी (चेली) श्रीमती पुनम गुरुङलाई दोसल्ला ओढाइ कदर पत्रद्वारा विशेष सम्मान गरियो । साथै समाजका वरिष्ठ सदस्यहरुको संयुक्त बाहुलीबाट समाजको विधान २०१६ को औपचारिक विमोचन गरियो ।
पौराणिक कालदेखि माघे संक्रान्ति र साउने संक्रान्तिको अवसर पारेर वर्षमा दुईपटक आफ्ना चेलिबेटीहरुलाई भात खुलाउने चलन रहेपनि समय र परिवेशका कारण समाजले यूकेमा वर्षमा एक पटक सामूहिक भात ख्वाउने प्रचलनलाई कायमै राखेको छ ।
अतिथी उपसचिव गुरुङले आफ्नो बेलायत भ्रमणको सिलसिलामा समाजको चेलिबेटी भात खुलाइ तथा भेटघाट कार्यक्रममा सामेल हुन पाउंदा खुशी लागेको बताइन् । उनले आफू बसेको देश र परिवेश अनुसार सबैले सिक्नुपर्ने र सिकेको ज्ञान तथा सिप मातृभूमिको विकासमा लगाउनुपर्नेमा जोड दिएकी थिइन् ।
कार्यक्रममा समाजकै सदस्यहरु र एभरेष्ट आइडल यूके सिजन २ का उप विजेता गायक सोनाहांग राई तथा नेपालबाट आएकी गायिका मौसमी गुरुङले गीत गाए भने किशोर किशोरीहरुले नृत्य प्रस्तुत गरे । कार्यक्रमको आकर्षणमा राफल चिट्ठा पनि एक थियो ।
छोरीचेलीहरुले सञ्चालन गरेको उक्त कार्यक्रमबाट
संकलित १८४२ पाउण्ड २० पेन्स छोरीचेलीको तर्फबाट बाबा माइतीलाई दिने क्रममा क्वोने समाज यूकेका अध्यक्ष र उपाध्यक्षलाई फेटा (पगरी) लगाई धन्यवाद सहित संस्थाका कोषाध्यक्ष एम कुमार घोतानेलाई बुद्ध भगवानको स्तुति (मन्त्रोचारण)
गर्दै हस्तान्तरण गरियो ।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु समाज यूकेका अध्यक्ष अर्जुन गुरुङ, क्वोने समाज यूकेका संस्थापक सल्लाहकार तथा विधान कमिटीका संयोजक नारायण कान्मे तथा क्वोने गुरुङ, क्वोने समाज यूकेका सल्लाहकार जीवन गुरुङ, वंशावली लेखन समिति केन्द्रका सदस्य निवृत्त लेप्टेन थमन सिंह गुरुङ आदिले समाज र क्वोने गुरुङहरुबारे मन्तव्य दिए ।
औपचारिक कार्यक्रमको अन्त्यमा क्वोने समाज यूके अध्यक्ष तथा सभापति नरजङ गुरुङले उपस्थित सम्पूर्ण भाइखलक अनि छोरी (चेली) ज्वाईंहरुलाई सहभागी भइदिएकामा धन्यवाद दिए । उनले विशेष गरि कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व, संघसंस्थाका प्रतिनिधि, प्रायोजक, कार्यसमितिका पदाधिकारी लगायत सबैप्रति आभार प्रकट गरे ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा