लन्डन । तपाईं गीत संगीत, अभिनय, फोटोग्राफी, मोडलिङ, एक्रोब्याट्स वा अन्य यस्तै ८० भन्दा बढि विद्यामा करिअर बनाउन चाहनुहुन्छ ? खुबी छ तर अवसर नपाएर अन्यौल भइरहेको छ भने एउटा अनलाइन प्लेटफर्म सहयोगी बन्न सक्छ नवप्रतिभाहरुका लागि । संसारभरिका उदाउँदा तथा अनुभवी कलाकारहरुकालागि मन्च प्रदान गर्न खोलिएको हो उक्त वेवसाइट ।
प्रतिभाशाली युवाहरुलाई व्यवसायिक करिअरमा साथ दिन बनाइएको छ सोसियल इ प्लेटफर्म भिप्जी डट कम । प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र हयाप्पी डेजका एकजना निर्माता डा. अशोक बन्सालसहितको एक समूहले उक्त वेवसाइट ‘क्रियट’ गरि प्रतिभावान व्यक्तिहरुलाई निशुल्क अवसर प्रदान गरेको हो । नेपाली समुदायसंग समेत निकट रहेका सफल व्यवसायी बन्साल हस्पिटालिटी र नर्सिङ होम व्यवसायमा छन् ।
भिप्जी वेवसाइटमार्फत सेलिब्रेटीसंग साक्षात्कार, उनीहरुका अनुभव आदानप्रदान र क्रियाकलाप, तस्विर, स्टाटस बाहेक जागिर र विभिन्न प्रतियोगितामा अवसर, व्यापार प्रवर्धन, ताजा समाचार आदि उपलव्ध छन् ।
निशुल्क दर्ता गर्न सकिने भिप्जीमा आफ्नो सीप, अनुभव, रुचीको विषय, तस्विर, भिडियो, अडियो वा अन्य व्यक्तिगत विवरण राखेर आफ्ना शुभचिन्तक र फलोअर्सहरुलाई शेयर गर्न सकिन्छ । सामाजिक मिडिया फेसबुक जस्तै यस मञ्चमा पनि स्थापित सेलिब्रेटी र तिनका फयानहरु साक्षात्कार गर्न सक्छन् । सन्देश आदानप्रदानको विकल्प छ । आफ्नो इभेन्ट क्रियट गर्न सकिन्छ । उल्लेखित सबै गतिविधि फेसबुक, टवीटर वा गुगल प्लसमा समेत शेयर गर्न सकिने व्यवस्था भएको एकजना प्रवर्धक डा. अशोक बन्साल बताउंछन् । ‘प्रतिभा र दृढ चाहना भएका युवाहरुको क्षमता उजागर गर्न सामूहिक प्लेटफर्म बनाइदिने हाम्रो उद्देश्य हो’, बन्साल भन्छन्, ‘युवा पुस्ता सूचना प्रविधिसंग अभ्यस्त र जानकार छ । हामी उनीहरुको हरेक फूर्सदिलो समय सही सदुपयोग गरेर बितोस् भन्ने चाहन्छौं ।’
व्यापार व्यवसाय प्रवर्धन गर्न पनि यो साइट सहायकसिद्ध हुने मल्टी बिलिनियर व्यवसायी बन्सालको विश्वास छ । साइटमा नाइट क्लबदेखि रेष्टुरेन्ट, फिल्म निर्माण देखि विवाह समारोह गरिदिने कम्पनीसम्म गरि १६ वर्गका कम्पनीहरु समेत दर्ता छन् । यसले रोजगारी सृजनामात्र होइन, नयां कम्पनीहरुलाई यहां निशुल्क दर्ता गरि बजार प्रवर्धन गर्न समेत मौका दिने छ ।
रजिष्टर्ड गर्न तलको लिंक क्लिक गर्नुहोस्-
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा