नेपाल आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि छानियो

काठमाडौँ, २ फागुन – नामिबियामा जारी आइसीसी डिभिजन २ प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपालले जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि टिकट पक्का गरेको छ । बुधबार भएको खेलको क्यानडामाथि १ विकेटको सनसनीपूर्ण नतिजा निकाल्दै नेपाल विश्वकप छनोटका लागि छानिएको हो ।

क्यानडामाथिको जितसँगै नेपालले समूह चरणको शीर्ष स्थानमा रह्यो । नेपालको हातबाट फुत्किसकेको खेल जिताउँदैं जिम्बाबेको टिकट काट्न करण केसी नायक बने । तीब्र गतिका बलर कलरले अन्तिम विकेटका लागि सन्दीप लामिछानेसँग ५१ रनको साझेदारी गरे । उनले ३ चौका र ४ छक्का प्रहार गर्दै ४२ रन जोडे ।

यस्तै, सन्दीप लामिछाने ५ रनमा नटआउट रहे । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम ओभरको अन्तिम बलमा पूरा गरेको हो । ९ विकेट गुमाएको अवस्थामा नेपालको खातामा १ सय ४४ रन थियो । तर, दशौ विकेटका लागि सनसनीपूर्ण साझेदारी गर्दै करणले नेपाललाई जित दिलाएका हुन् ।

नेपालको जितमा ओपनर दिलिप नाथले ४१ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले २७, आरिफ शेखले २६ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

क्यानडाका सेसिल प्रेभिज खानले ३ विकेट लिए । यस्तै निखिल दत र शाद बीन जाफरका नाममा दुई/दुई विकेट लिए भने डिलोन हेलिङगर र सतशिमरनजितको नाममा एक-एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको थियो । ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।

क्यानडाको लागि ओपनर व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री