काठमाडौं- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिन डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको छ । सोमबार वीन्डहोक मैदानमा भएको खेलमा नेपालले केन्यामाथि ३ विकेटको जित हासिल गरेको हो ।
टस हालेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट क्षतिमा १ सय ७७ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा १ सय ७८ रनको लक्ष्य भेट्टायो ।
नेपालका लागि आरिफ शेख र रोहित पौडेल महत्वपूर्ण साझेदारी गरे । यी दुई युवा ब्याटसम्यानले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । २ चौका प्रहार गरेका आरिफले ४२ रन जोडे भने २ चौका प्रहार गरेका रोहित ४७ रनमा रनआउट भए । कप्तान पारस खड्काले ४२ रन जोडे, उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
यस्तै, शरद भेषावकरणले १ चौका प्रहर गर्दै १९ रन जोडे । ओपनर ज्ञानेन्द्र मल्ल ९ तथा अनिलकुमार शाह शुन्य रनमै आउट भए । दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने विजयी रन बटुलेका सोमपाल कामी ५ रनमा अविजित रहे ।
बलिङतर्फ केन्याका इम्यानुयल बुण्डीले ३ विकेट लिए भने नेहेमोन ओडिम्बो, शो नोग्चे र नेल्सन ओडिम्बोले एक एक विकेट हात पारे । नेपालको एक रनआउट भएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको केन्याका लागि ओपनरद्धय इफरान करिम र एलेक्स ओबाडाले महत्वपूर्ण साझेदारी गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । करिमले ४२ रन जोडे भने ओबाडाको नाममा ४१ रन रह्यो ।
नेपालका लागि महत्वपूर्ण सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरका नाममा एक एक विकेट रह्यो ।
केन्यामाथिको जितसँगै नेपालको शीर्ष दुईमा पर्ने सम्भावना बलियो भएको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो थियो दोस्रो खेलमा ओमानसँगग ६ विकेटले पराजित भएको थियो । हिजो भएको समूहको तेस्रो खेलमा नेपालले बलियो प्रतिस्पर्धी मानिएको युएईलाई ४ विकेटले पराजित गरेको थियो ।
एक दिवसीय स्टाटसको ढोका खुल्ने भएकाले पनि डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिता मानिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार