काठमाडौँ, २५ माघ – आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ ।
नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालको जीतमा शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १५ रन जोड्दै बाहिरिए भने कप्तान पारस खड्का १९ रनमा समेटिए । नेपाली इनिङ्समा शरद् भेषवाकरले सर्वाधिक २९ रन जोडे जसमा उनले तीन चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले तीन तथा रोहित पौडेलले १७ रन बनाए । सोमपाल कामीले १३ र वसन्त रेग्मीले २४ रन जोडे । नेपालका तर्फबाट रेग्मीले एक छक्का प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, कामीले तीन तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमै बाहिरिए ।
आजै भएको अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो । नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी