
लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ
बेलायतले गत आइतबार एक च्यारिटी डिनर गरी दुई लाख रुपैयां संकलन गरेको छ ।
संयुक्त अनाथ तथा अपांग एकता केन्द्र नेपाल र पर्वतारोही पत्रकार देउराली चाम्लिङको सगरमाथा आरोहण अभियानका लागि सहयोग संकलन गर्न उक्त च्यारिटी डिनर गरिएको महिला महासंघकी अध्यक्ष श्रीमती विमला कुमारी राईले बताइन् ।
लन्डन साउथ हयारोस्थित गोल्डनसिप रेष्टुरांमा सम्पन्न च्यारिटी डिनर सफल पार्न आदिवासी जनजाति महासंघ (नेफिन) यूके र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको विशेष सहायता थियो ।
कार्यक्रममा बेलायतस्थित विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार र समाजसेवीको उपस्थिति थियो । कार्यक्रमको पहिलो सत्र महासचिव वसुन्धरा याख्खा र दोश्रो सत्रको सांस्कृतिक कार्यक्रम कर्मा पहाडीले सञ्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष तुल छन्त्यालले महिला महासंघले गरेको पवित्र कार्यका लागि धन्यवाद दिंदै भविष्यका प्रयासहरुमा पनि नेफिन यूकेको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रम समापन गर्ने क्रममा अध्यक्ष श्रीमती विमला राईले च्यारिटी डिनर सफल पार्न सहयोग गर्ने कार्यसमितिका सहकर्मीहरु, नेफिन यूके, फोनिज यूके, दाताहरु र उपस्थित सबैलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताइन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा