काठमाडौँ, १६ माघ – नेपाली काँग्रेसका नेताहरुले जुत्तामा पालिस लगाएर ‘राजनीतिक शुद्धीकरण’ अभियान चलाएका छन् ।
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेताहरुले जुत्तामा पालिस लगाएर उक्त अभियान प्रारम्भ गरेका हुन् ।
सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा) को जुत्तामा पालिस लगाए ।
काँग्रेस नेता भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको जानकारी दिए ।
शहीद दिवसका अवसरमा नेविसंघको रक्तदान
नेपाल विद्यार्थी संघले शहीद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । आज विश्वभाषा क्याम्पसमा आयोजित उक्त कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रम शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले शहीदको सम्झनामा नेविसंघले रक्तदान गरेर राम्रो कार्यको थालनी गरेको छ भन्दै मुलुकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका शहीदको सम्मान गरिएकामा प्रशंसा पनि गर्नुभयो ।
पैँसट्ठी वर्षका व्यक्तिलाई वृद्धभत्ता दिने सरकारको निर्णयको आलोचना भइरहेका बेला उहाँले वार्षिक रु २० अर्ब खर्च हुने ठाउँमा रु ३३ अर्ब खर्च भएपनि आमनागरिकले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते