लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको तेश्रो महाधिवेशन आगामी मार्च १८ तारिखका दिन हुने भएको छ ।
महासंघका अध्यक्ष तुल छन्त्यालको अध्यक्षतामा आइतबार लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको
बैठकले उक्त निर्णय गरेको हो ।
वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशन तयारीका लागि निर्वाचन समिति र विधान संसोधन समिति पनि गठन गरेको छ ।
निर्वाचन समितिमा एकेन्द्र गुरुङ, गणेश इजम, सुमाया राई, पूर्ण लक्सम र फुर्बा शेर्पा छन् । त्यसैगरि विधान संशोधन समितिमा भक्तबहादुर दुरा, धन रोगू, विश्वासदीप तिगेला, नेम थापा र नरेश काङमाङ सदस्य तोकिएका छन् ।
नेफिन यूकेका महासचिव कर्मा पहाडीका अनुसार कार्यक्रम तमुधिं यूके हल मिचेटमा हुनेछ भने महाधिवेशनमा अतिथिका रुपमा केन्द्रबाट नेपाल जनजाति महासंघका पूर्व महासचिवद्वय सुरेश आले मगर र बालकृष्ण माबोहाङलाई निम्त्याउने निर्णय भएको छ ।
महासंघको तेश्रो महाधिबेशनको पूर्व सन्ध्यामा बसेको बैठकले महाधिबेशनको तयारी लगायत विभिन्न निर्णय गरेको छ ।
नेफिन बेलायतले नेपाल आदिवासी जनजाति चलचित्र महासंघ यूके समेत स्थापना गरेको छ । देवीमाया पुनको संयोजकत्वमा कर्मा पहाडी सचिव रहनेगरी ९ सदस्यीय समिति गठन गरिएको छ । सदस्यहरुमा गोरे गुरुङ, मान तबेबुङ, दुत पुन, मानसिंङ दुरा र जीवन छन्त्याल छन् ।
बैठकले किरात याक्थुङ चुम्लुङ यूके, किरात राई यायोख्या यूके, दुरा समाज यूके लगायत अन्य जातीय संस्थाहरुलाई तदर्थ समितिको सदस्यहरु थप गरी जम्मा नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेफिन यूकेले कियाचु यूकेका नवनिर्वाचित अध्यक्ष दिलसिङ मेन्याङबो र दुरा समाज यूकेका नवनिर्वाचित अध्यक्ष इन्द्र बहादुर दुरालाई औपचारिक रुपमा वधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बैठकमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, कियाचु यूके अध्यक्ष दिलसिङ मेन्याङबो, किरात याक्खा छुम्माका अध्यक्ष धन रोगु, दुरा समाज यूकेका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर दुरा, गेसो सभापति कृष्णकुमार राई, नेफिन यूकेका सल्लाहकारहरु भक्त दुरा, सिरी लिम्बु, थर्क राना, समाजसेवी-राजनीतिकर्मीहरु पूर्ण लक्सम, हिराधन राई, पदम थापा, नरहाङ राई, नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष विमला राई, अन्य पदाधिकारीहरु साथै फोनिज यूकेका महासचिव खुशी लिम्बुको पनि उपस्थिति थियो ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’