काठमाडौं–इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक खेल्ने नेपाली क्रिकेटरको इतिहास स्पीनर सन्दीप लामिछानेले बनाएका छन् । आइतबार भएको आइपीएलको अक्सनमा उनलाई ३२ लाख नेपाली रुपैयाँमा डिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको हो ।
१७ वर्षीय नेपाली क्रिकेटर सन्दीपलाई किन्न २० लाख भारु न्यूनतम पारिश्रमिक तोकिएको थियो । दिल्लीले सोही रकममा सन्दीपलाई किनेको हो ।
सन्दीपले २०१६ को यु–१९ विश्वकपमा ह्याट्रिक लिदैं तहल्का मच्चाएका थिए । उनले यु–१९ मा आयरल्याण्ड विरुद्ध हयाट्रिक लिएका थिए । नेपाललाई आफ्नो प्रभावशाली प्रदर्शन जिताएको उक्त खेलमा सन्दीपले ५ विकेट झारेका थिए ।
यो शानदार प्रदर्शनपछि सन्दीपले आफ्नो स्पीन बलको जादूको मोहमा अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कलाई समेत पारेका थिए । सन्दीप अष्ट्रेलियामा पुगेर माइकल क्लार्कको एकेडेमीमा तालिम समेत लिएका थिए ।
उनलाई दिल्लीले मैदानमा उतार्छ कि उतार्दैन् त्यो भने हेर्न बाँकी नै छ । तर, दिल्लीमा अनुबन्ध भएसँगै सन्दीप नेपालबाट आइपिएल खेल्ने पहिलो क्रिकेटर बनेका छन् ।
आइपिएलजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालजस्तो एसोसियट देशका खेलाडीहरुलाई खेल्ने दुर्लभ अवसर मिल्छ । सन्दीप त्यही दुर्लभ अवसर पाउने भाग्यमानी क्रिकेटर बनेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा