काठमाडौं–इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक खेल्ने नेपाली क्रिकेटरको इतिहास स्पीनर सन्दीप लामिछानेले बनाएका छन् । आइतबार भएको आइपीएलको अक्सनमा उनलाई ३२ लाख नेपाली रुपैयाँमा डिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको हो ।
१७ वर्षीय नेपाली क्रिकेटर सन्दीपलाई किन्न २० लाख भारु न्यूनतम पारिश्रमिक तोकिएको थियो । दिल्लीले सोही रकममा सन्दीपलाई किनेको हो ।
सन्दीपले २०१६ को यु–१९ विश्वकपमा ह्याट्रिक लिदैं तहल्का मच्चाएका थिए । उनले यु–१९ मा आयरल्याण्ड विरुद्ध हयाट्रिक लिएका थिए । नेपाललाई आफ्नो प्रभावशाली प्रदर्शन जिताएको उक्त खेलमा सन्दीपले ५ विकेट झारेका थिए ।
यो शानदार प्रदर्शनपछि सन्दीपले आफ्नो स्पीन बलको जादूको मोहमा अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कलाई समेत पारेका थिए । सन्दीप अष्ट्रेलियामा पुगेर माइकल क्लार्कको एकेडेमीमा तालिम समेत लिएका थिए ।
उनलाई दिल्लीले मैदानमा उतार्छ कि उतार्दैन् त्यो भने हेर्न बाँकी नै छ । तर, दिल्लीमा अनुबन्ध भएसँगै सन्दीप नेपालबाट आइपिएल खेल्ने पहिलो क्रिकेटर बनेका छन् ।
आइपिएलजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालजस्तो एसोसियट देशका खेलाडीहरुलाई खेल्ने दुर्लभ अवसर मिल्छ । सन्दीप त्यही दुर्लभ अवसर पाउने भाग्यमानी क्रिकेटर बनेका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा