लन्डन । बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) मा डा. कपिल रिजाल अध्यक्ष चयन भएका छन् । गत १८ तारिख भएको भेलाले समाजसेवी एवं सफल दन्त व्यवसायी डा. रिजाललाई उक्त जिम्मेवारी सुम्पेको हो ।
अध्यक्ष नियुक्त भएपछि डा. रिजालले नेपालमा बेलायतबाट लगानी भित्रयाउन आफ्नो पहल हुने बताए । रिजालले बेलायतबाट व्यवसायीहरुलाई ‘ट्रेड डेलिगेसन’ लैजाने लक्ष्य समेत राखेको जनाए ।
उक्त क्लब बेलायतका व्यवसायीहरु आवद्ध क्लब हो । शुरुमा यसमा सरी हिथ एरियाका मात्र व्यवसायी समेटिएपनि अहिले स्कटल्याण्डदेखि डेभेनसम्मका व्यवसायी आवद्ध छन् । व्यवसायी र बेलायती संसदसंग सम्वन्ध विस्तार गर्ने यसको मुख्य उद्देश्य हो । यसले ‘हाउस अफ कमन्स’ मा वर्षमा ५ वटा लन्च मिटिंग आयोजना गर्छ । उक्त बैठकमा क्याबिनेट मन्त्रीहरुले राजनीतिक तथा व्यवसायिक छलफल गर्ने प्रचलन छ ।
छलफलमा देश विदेशको व्यापार व्यवसायका अवसर साथै यसका चुनौति एवं राजनीतिबारे छलफल गरिने रिजालले जनाए ।
सन् १९७४ बाट शुरु उक्त क्लबको बैठकमा अहिलेसम्म वरिष्ठ क्याबिनेट मन्त्रीहरु आएर बोलिसकेका छन् । हालसम्म बेलायती प्रधानमन्त्री टेरेजा मे, सन् १९७५ मा मार्गरेट थ्याचर, सन् १९८८ मा जोन मेजर, डेभिड क्यामरोन, बोरिस जोन्सन, सरी हिथका एमपी माइकल गोभ, जेरेमी हन्ट, एम्बर रड, माइकल पोटेलो, लियम फक्स, डेभिड डेभिस, केन्नेथ क्लार्क, माईकल होवार्थ, फिलिप ह्यमोन्ड, जर्ज ओसबोर्न, लोर्ड हेसल्टेन, लोर्ड तेबिट जस्ता वरिष्ठ मन्त्रीहरु क्लबको फोरममा आइसकेका छन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा