सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लबमा डा. रिजाल

लन्डन । बेलायतको सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) मा डा. कपिल रिजाल अध्यक्ष चयन भएका छन् । गत १८ तारिख भएको भेलाले समाजसेवी एवं सफल दन्त व्यवसायी डा. रिजाललाई उक्त जिम्मेवारी सुम्पेको हो ।

अध्यक्ष नियुक्त भएपछि डा. रिजालले नेपालमा बेलायतबाट लगानी भित्रयाउन आफ्नो पहल हुने बताए । रिजालले बेलायतबाट व्यवसायीहरुलाई ‘ट्रेड डेलिगेसन’ लैजाने लक्ष्य समेत राखेको जनाए ।

उक्त क्लब बेलायतका व्यवसायीहरु आवद्ध क्लब हो । शुरुमा यसमा सरी हिथ एरियाका मात्र व्यवसायी समेटिएपनि अहिले स्कटल्याण्डदेखि डेभेनसम्मका व्यवसायी आवद्ध छन् । व्यवसायी र बेलायती संसदसंग सम्वन्ध विस्तार गर्ने यसको मुख्य उद्देश्य हो । यसले ‘हाउस अफ कमन्स’ मा वर्षमा ५ वटा लन्च मिटिंग आयोजना गर्छ । उक्त बैठकमा क्याबिनेट मन्त्रीहरुले राजनीतिक तथा व्यवसायिक छलफल गर्ने प्रचलन छ ।

छलफलमा देश विदेशको व्यापार व्यवसायका अवसर साथै यसका चुनौति एवं राजनीतिबारे छलफल गरिने रिजालले जनाए ।

सन् १९७४ बाट शुरु उक्त क्लबको बैठकमा अहिलेसम्म वरिष्ठ क्याबिनेट मन्त्रीहरु आएर बोलिसकेका छन् । हालसम्म बेलायती प्रधानमन्त्री टेरेजा मे, सन् १९७५ मा मार्गरेट थ्याचर, सन् १९८८ मा जोन मेजर, डेभिड क्यामरोन, बोरिस जोन्सन, सरी हिथका एमपी माइकल गोभ, जेरेमी हन्ट, एम्बर रड, माइकल पोटेलो, लियम फक्स, डेभिड डेभिस, केन्नेथ क्लार्क, माईकल होवार्थ, फिलिप ह्यमोन्ड, जर्ज ओसबोर्न, लोर्ड हेसल्टेन, लोर्ड तेबिट जस्ता वरिष्ठ मन्त्रीहरु क्लबको फोरममा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री