सहारा यूके टोली आहा गोल्ड कपका लागि नेपाल प्रस्थान

लन्डन । सहारा यूकेको टोली जनवरी तेश्रो सातादेखि पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन नेपाल प्रस्थान गरेको छ ।

सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा मंगलबार सांझ करिब दश जनाको समूह नेपाल गएको हो । समूहमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम गुरुङ, श्रीमति शारदा गुरुङ लगायत छन् ।

१६ औं आहा रारा गोल्ड कप आगामी २३ जनवरीदेखि ३ फेब्रुअरीसम्म पोखरा रंगशालामा हुंदैछ । उक्त प्रतियोगितामा यस पटक सहारा यूके खेलाडीको सहभागिता नरहेपनि सहारा यूके पदाधिकारीहरु करिब ४० जना त्यहां जांदैछन् ।

सहारा यूके टोली आगामी २१ तारिखका दिन आफूले निर्माण गरेको सिन्धुपाल्चोकको श्री हाइबुङ महादेवस्थान माध्यमिक विद्यालय उद्घाटन समारोहमा सहभागी हुनेछ । उक्त टोली २६ जनवरीमा सहारा यूकेकै सहयोगमा कास्कीको सिदिंगस्थित सरस्वती प्राइमरी स्कुलमा बनाइएको खेल मैदान 
उद्घाटनमा समेत जाने अध्यक्ष गुरुङले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री