
लन्डन – बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन् । स्वास्थ्य समस्या देखाउँदै उनले सोमबार राजीनामा दिएको अधिकारीहरुले जानकारी दिएका छन् । ब्रोकेन्साएरले प्रधानमन्त्री टेरेजा मेलाई बुझाएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नुपर्ने भएकाले राजीनामा दिएको उल्लेख छ ।
‘मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नुपर्ने भएको छ’- उनले राजीनामा पत्रमा लेखेका छन्- ‘त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र परिवार नै भएको छ ।’
प्रधानमन्त्री मेले मन्त्री परिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन् ।
मेले मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला सोमबार आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाएकी छन् । प्रधानमन्त्री मेले जुनमा भएको आम निर्वाचनमा पार्टीको कमजोर अवस्था देखिएकाले अध्यक्ष ब्रान्डोन लेविसलाई मन्त्रीबाट हटाएकी छन् ।
लेविसको सट्टा प्याट्रीक म्याक लौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ