
लन्डन – बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन् । स्वास्थ्य समस्या देखाउँदै उनले सोमबार राजीनामा दिएको अधिकारीहरुले जानकारी दिएका छन् । ब्रोकेन्साएरले प्रधानमन्त्री टेरेजा मेलाई बुझाएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नुपर्ने भएकाले राजीनामा दिएको उल्लेख छ ।
‘मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नुपर्ने भएको छ’- उनले राजीनामा पत्रमा लेखेका छन्- ‘त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र परिवार नै भएको छ ।’
प्रधानमन्त्री मेले मन्त्री परिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन् ।
मेले मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला सोमबार आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाएकी छन् । प्रधानमन्त्री मेले जुनमा भएको आम निर्वाचनमा पार्टीको कमजोर अवस्था देखिएकाले अध्यक्ष ब्रान्डोन लेविसलाई मन्त्रीबाट हटाएकी छन् ।
लेविसको सट्टा प्याट्रीक म्याक लौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा