लन्डन । बेलायतस्थित नेपाली मुलका पहिलो काउन्सिलर धन गुरुङ संगीतमा फर्किएका छन् । झण्डै बीस वर्षपछि पूर्व काउन्सिलर गुरुङ ५ औं एल्बम ‘यात्रा’ लिएर संगीतमा फर्किएका हुन् । नेपाली नयां वर्षमा एल्बम निकाल्ने उनको योजना छ । उक्त एल्बममा रोमाण्टिक र मेलोडी गीत समावेश हुने गुरुङले जानकारी दिए । करिब १८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर सन् २००४ मा अवकास लिएका गुरुङ सन् २००७ मा बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर भएपछि गोर्खा अभियानमा सक्रिय भएका थिए ।
‘संगीत सानैदेखि मेरो मन मस्तिष्कमा रहयो’, गुरुङ भन्छन्, ‘आर्मी सेवा र राजनीतिले केही समय विश्राम लिएपनि अब फेरि यस क्षेत्रमा आएको छु । आशा छ दर्शक श्रोताले रुचाइदिनुहुनेछ ।’ संगीत आफ्नो सोख भएकाले यसबाट कहिल्यै पछि नहट्ने उनी बताउंछन् ।
गुरुङले यसअघि चाहना, दि हिमालयन २, भावना र अतित गरि चारवटा एल्बम निकालिसकेका छन् ।
उनले हालसम्म संगीतबाट आर्जन भएको रकम च्यारिटीमै खर्च गरेको जनाउंदै आगामी एल्बम ‘यात्रा’ बाट आउने आम्दानी समेत नेपालको ग्रामीण भेगमा कम्प्युटर तथा प्रविधियुक्त शिक्षा सम्बन्धि प्रोजेक्टमा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भारतको कोलकातामा संगीत प्रशिक्षण लिएपछि सन् १९८२ देखि संगीतमा लागे उनी । संगीत करिअरको शुरुतिर उनले गृहजिल्ला झापा र बिराटनगरमा कयौं संगीत प्रतियोगिता जितेका थिए । गितार, पियानो जस्ता वाद्यबादनमा समेत खप्पिस उनले रियालिटी शो ‘प्रतिभाको खोजी’ मा पनि प्रतिष्पर्धा गरेका थिए । नेपाली टेलिफिल्म र नाटकहरु जस्तै सत्यको विजय, रक्सी, स्वदेशको माटो, प्रतिघात आदिमा समेत उनको संगीत छ ।
उनले अहिलेसम्म सयौं मेलोडी गीत गाइसकेको बताए । रक एण्ड रोल, पप, आधुनिक र लोक रक गरि सबै गीत गाउने ‘भर्सटायल’ गायक गुरुङले सन् १९८७ मा ब्रिटिश फोर्सेस रेडियो, हङकङमा ‘डांडा पारीको त्यो गाउं…’ बोलको गीत रेकर्ड गराएका थिए । उनी गीत रेकर्ड गराउने पहिलो गोर्खा हुन् । उक्त गीत त्यतिबेला नेपाल र हङकङमा चर्चित भएको गुरुङ स्मरण गर्छन् ।
गोर्खा रेजिमेन्टमा ‘हिमालयन ब्याण्ड’ अस्तित्वमा नरहेपछि उनले ‘हिमालयन-२’ ब्याण्ड स्थापना गरे सन् १९९० मा । उक्त ब्याण्डले सोल्टिनी नानी, चिसो चिसो हावा, डम्फूको ताल आदि लोकप्रिय गीत निकालेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा