
लन्डन । लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङले यसपटकको नेपाल होलिडेलाई च्यारिटी कार्यमा सदुपयोग गरे । एनआरएनए विश्व सम्मेलनका क्रममा नेपाल गएका उनी चुनावमा कसैलाई जिताउन वा हराउन लागेनन् । बरु २ महिना लामो बिदाको समय नेपालमा विभिन्न गाउंमा च्यारिटी गर्न खर्चिए ।
गुरुङ कास्कीको घान्द्रुक १ स्थित फुम्रोखुं बराह मावि उद्घाटनमा सहभागी भए । उनले बेलायतमा च्यारिटी गरि उक्त विद्यालय निर्माणका लागि १६ लाख, ९४ हजार तीनसय ६७ रुपैयां सहयोग गरेका थिए ।
गुरुङले तनहुंको रुपाकोट गाविसमा पनि एउटा सामुदायिक भवन बनाउन सहयोग प्रदान गरे । करिब ७ लाख रुपैयांको लागतमा निर्मित उक्त सामुदायिक भवनका लागि उनले तीनलाख रुपैयां सहयोग प्रदान गरेका थिए । त्यस्तै, कुन्छा हाइस्कुलका लागि एक लाख रुपैयां प्रदान गरेको व्यवसायी गुरुङले बताए । गुरुङले आफूले सहयोग गरेको विद्यालयमा पुगेर व्यवस्थापन समिति एवं विद्यार्थीसंग भलाकुसारी गरेका थिए । उनले भेटमा भविष्यमा पनि पूण्यकार्यमा सधैं सहयोग रहने आश्वासन दिएका छन् ।
उता, गुरुङले काठमाडौंस्थित बन्दी सहायता नेपाल (प्रिजनर्स असिस्टेन्टस नेपाल) कार्यालयमा गएर करिब ५० हजार रुपैयांको खाद्य सामाग्री समेत खरिद गरिदिए । उक्त संस्थाले बन्दी जीवन बिताइरहेका महिलाका टुहुरा बालबालिकालाई आश्रय दिइरहेको छ । खाद्य सामाग्री हस्तान्तरणपछि बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरले गुरुङप्रति आभार व्यक्त गरेकी छन् ।
गुरुङ व्यवसायका अलवा समाजसेवामा पनि उत्तिकै समर्पित छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा