लन्डन । एस्टार फाइनान्सियल सोल्युसन्स र एसएनपी प्लस लिमिटेडले छैटौं वार्षिकोत्सव मनाएका छन् । शुक्रबार लण्डनमा एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा युकेमा रहेमा विभिन्न पेशाकर्मी र व्यवसायीहरुको उपस्थिति थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्यले नेपाली पेशाकर्मी र व्यावसायीहरुबीच भेट गर्न पाउँदा खुशी लागेको बताए । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामीले एनआरएन युकेले गरिरहेको काममा सहयोग गर्न र खबरदारी गर्न आग्रह गरे ।
त्यसैगरि, काउन्सिलर विष्णु गुरूङले बेलायतको राजनीतिमा प्रवेश गर्दाका अनुभव सुनाए । उनले नेपालीहरूलाई राजनीतिमा आउन अपील पनि गरे । एस्टार फाइनान्सियल सोल्युसन्सका निर्देशक मीन दर्लामीले सर्भिसेजले लण्डन, फार्नब्रो र आसफोर्डमा पेन्सन, मोर्गेज, इन्स्योरेन्स र वीलबारे सेवा दिँदै आएको बताए । उनले वार्षिकोत्सवलाई विभिन्न पेशाकर्मी र व्यवसायीबीच भेटघाट र परिचयको थलो बनाउने प्रयास गरिएको समेत बताए ।
अकाउण्ट फर्म एसएनपी प्लसका निर्देशक समीर प्याकुरेलले नेपालीहरुलाई अकाउण्टसम्बन्धी समस्याका बारेमा निशुल्क परामर्श दिने जानकारी दिए ।
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन