बिहीबार, असोज ७ २०७८ | Thu, September 23, 2021
नेपालको समय: २१:४२ | UK Time: 16:57

राजकुमार हयारीको बिहे मे १९ तारिखका दिन

रासस-सिन्ह्वा
२०७४ पुष १ गते १:००

लन्डन । बेलायती राजकुमार हयारी र मेगान मर्केलको बिहे मिति निश्चित भएको छ । उनीहरुको औपचारिक विवाह अर्को वर्ष २०१८ मे १९ तारिखका दिन हुने तय भएको हो । केन्जिङटन राजदरबारको पारिवारिक श्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरुको विवाह सेन्ट जर्ज च्यापेल विन्डसर कासलमा हुनेछ ।

वैवाहिक समारोहमा सांगीतिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

हयारी र मेगानबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १ मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।

उनीहरुले पहिलो पटक यही महिना औपचारिक रुपमा शाही परिबारसँगै क्रिसमस मनाउने भएका छन् ।

विवाहपछि उनीहरु केन्जिङटन प्यालेसमा रहेको नटिङम कटेजमा बस्ने छन् । राजकुमार हयारी बेलायती राजगद्दीको पाँचौ नम्बरका हकदार हुन् । अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार हयारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक