
प्रधान सेनापति तेस्रो खुल्ला म्याराथन प्रतियोगिता तथा रन फर फन २०७४ को आयोजनासम्बन्धमा नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २८ मंसिर – नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ ।
प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, १० किमि भेट्रानतर्फ ४५ वर्षमाथि पुरुष-महिला र पाँच किमि म्याराथनमा विद्यालय छात्र-छात्रा, सैनिक विद्यालय, सैनिक अधिकृत तथा सकल दर्जाका छोराछोरीले सहभागिता जनाउन पाउने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
त्यस्तै प्रतियोगितामा समावेश हुने पाँच किमीको वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती, उच्च पदाधिकारी र विदेशी प्रतिनिधिको सहभागिता रहनेछ । फुल म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार, चौथोले रु १५ हजार, पाँचौंले रु सात हजार र छैटौँले रु पाँच हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनअन्तर्गत पुरुष र महिलामा पहिलो हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पाउनेछन् । त्यसैगरी भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश रु १५, १० र पाँच हजार पाउनेछन् । पाँच किमी म्याराथनतर्फ पहिलो हुनेले रु सात हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।
फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता
धनगढी – तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा आयोजक फारवेष्टले मदरल्याण्ड युवा क्लब जोनापुर कैलालीलाई २–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजक फारवेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ । फारवेष्टको जीतमा भूपेन्द्र बमले ५८ औं र नरेन्द्र सिंहले ७५ औं मिनेटमा एक एक गोल गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दुई खेल हुनेछन् ।
सोह्र टोलीको प्रतिष्पर्धा रहेको प्रतियोगितामा कैलाली, कञ्चनपुर र दाङ, विभागीय टोली तथा भारतको एक टोलीको पनि सहभागिता रहेको अयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले एक लाख ५० हजार र पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई रु १० १० हजार पुरस्कार प्रदान गरिनेछ ।
आर्मी फाइनलमा
इटहरी– दुहबको रङ्शालामा जारी दोस्रो दुहबी मनमोहन अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जीत निकाल्दै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । आर्मीले रुपन्देही ११ लाई ४–० गोलको गोलअन्तरले पाखा लगाएको हो । पहिलो हाफ गोलरहित भए पनि आर्मीका नवयुग श्रेष्ठले खेलको ४९ औं र ५१ औँ मिनेटमा लगातार दुई गोल गर्दै जीत सुनिश्चित गरेका थिए ।
प्रतिष्पर्धामा नेपाल आर्मीका जर्जप्रिन्स कार्कीले ६८ औं मिनेटमा गोल गरे भने दीप तामाङले खेलको इन्जुरी समयमा आफ्नो टोलीका लागि गोल गर्दै खेल ४–० गोलको फराकिलो अन्तरले जिताए । खेलमा दुई गोल गरेका श्रेष्ठ ‘म्यान आफ द म्याच’ घोषित भए । आजका विजेता त्रिभुवन आर्मीले आगामी शनिबार मनाङ मस्र्याङ्गी टोलीसँग फाइनल खेल्नेछ ।
दोस्रो एसिसी स्पोर्टस मिट शुरु
निजी तथा आवासीय विद्यालय समन्वय समिति इटहरीको आयोजनामा आजदेखि दोश्रो एसिसी स्पोर्टस मिट सुरु भएको छ । प्रतियोगितामा इटहरी क्षेत्रका ५० निजी विद्यालयको सहभागिता छ । एक सातासम्म चल्ने सो स्पोर्टस मिटमा फूटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेल प्रतिष्पर्धामा समावेश गरिएका छन् ।
स्पोर्टस मिटको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्दै बालबालिकाबाट खेलको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने भएकाले यस प्रकारका खेलको आयोजना हुन जरुरी रहेकामा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल