प्लमस्टिडको एभरेष्ट स्टोरमा मुसाको मलमुत्र

लन्डन । खाद्य सामाग्री तथा मासु बेच्ने साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित एभरेष्ट स्टोरमा मुसा, छुचुन्द्रोको लिंड र पिसाब (मलमुत्र) पाइएपछि फुड हाइजिन रेटिङ ‘जिरो’ मा झरेको छ ।

स्थानीय ग्रीनवीच काउन्सिलका पदाधिकारीहरुको अनुगमनमा 
स्टोरमा मुसा, छुचुन्द्रोको मलमुत्र र गन्ध पाइएपछि स्टोरको फुड हाइजिन स्तर झारिएको हो । ‘जिरो रेटिङ’ भएपछि तत्काल सुधार आवश्यक हुन्छ, नत्र काउन्सिलले पसल नै बन्द गरिदिन सक्छ । फुड हाइजिनको उच्च स्तर ‘५’ हुन्छ ।

स्थानीय न्यूज सपरका अनुसार, गत ७ सेप्टेम्बरका दिन ग्रीनवीच काउन्सिललका निरिक्षकहरुले पसलको अनुगमन गरेका थिए । त्यस क्रममा उनीहरुले मुसाको लिंड, पिसाबको दुर्गन्ध चाल पाएका थिए जुन स्वास्थ्यका लागि अहितकर ठानिन्छ । अनुगमनकर्ताले दही, सागसब्जीको छेवैमा काम नलाग्ने मासु थुपरिएको समेत भेट्टाएका थिए । पर्याप्त सरसफाइ नभएको र हात धुने बेसिनपनि सहज 
पहुंचबाहिर रहेको ति अधिकारीहरुले बताएका थिए ।

नेपालीले सञ्चालन गरेको अल्डरसट, फार्नबोरो आदि क्षेत्रका स्टोरहरुमा पछिल्लो समय ‘हाइजिन इस्यू’ बढ्दै गएको छ । नेपालीले नेपालीलाई ‘कमसल माल बेचे पनि चलिहाल्छ नि’ भन्ने मानसिकताले काम गरेको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री