लन्डन । खाद्य सामाग्री तथा मासु बेच्ने साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित एभरेष्ट स्टोरमा मुसा, छुचुन्द्रोको लिंड र पिसाब (मलमुत्र) पाइएपछि फुड हाइजिन रेटिङ ‘जिरो’ मा झरेको छ ।
स्थानीय ग्रीनवीच काउन्सिलका पदाधिकारीहरुको अनुगमनमा स्टोरमा मुसा, छुचुन्द्रोको मलमुत्र र गन्ध पाइएपछि स्टोरको फुड हाइजिन स्तर झारिएको हो । ‘जिरो रेटिङ’ भएपछि तत्काल सुधार आवश्यक हुन्छ, नत्र काउन्सिलले पसल नै बन्द गरिदिन सक्छ । फुड हाइजिनको उच्च स्तर ‘५’ हुन्छ ।
स्थानीय न्यूज सपरका अनुसार, गत ७ सेप्टेम्बरका दिन ग्रीनवीच काउन्सिललका निरिक्षकहरुले पसलको अनुगमन गरेका थिए । त्यस क्रममा उनीहरुले मुसाको लिंड, पिसाबको दुर्गन्ध चाल पाएका थिए जुन स्वास्थ्यका लागि अहितकर ठानिन्छ । अनुगमनकर्ताले दही, सागसब्जीको छेवैमा काम नलाग्ने मासु थुपरिएको समेत भेट्टाएका थिए । पर्याप्त सरसफाइ नभएको र हात धुने बेसिनपनि सहज पहुंचबाहिर रहेको ति अधिकारीहरुले बताएका थिए ।
नेपालीले सञ्चालन गरेको अल्डरसट, फार्नबोरो आदि क्षेत्रका स्टोरहरुमा पछिल्लो समय ‘हाइजिन इस्यू’ बढ्दै गएको छ । नेपालीले नेपालीलाई ‘कमसल माल बेचे पनि चलिहाल्छ नि’ भन्ने मानसिकताले काम गरेको कतिपयको बुझाइ छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा