गाजा, २१ मङ्सिर – प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध व्यापक आन्दोलन गर्न विहीबार आह्वान गरेको छ ।
वेस्ट वैंक, गाजा क्षेत्र र पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरूले ट्रम्पको अमेरिकी राजदूतावासलाई तेल अभिभबाट जेरुसेलम सार्ने र जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम विरुद्ध विशाल प्रदर्शन गरिरहेका बेला हमासद्वारा ‘इन्तिफादा’ भनिने नयाँ आन्दोलन घोषणा गरेको छ ।
हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै ‘इन्तिफादा’ को घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रता जोगाउन उत्रिनुपर्ने अवस्था सिर्जना भएको छ ।’
इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै उहाँ अब जेरुसलेमको इतिहाससँग संधैका लागि जोडिएको प्रतिक्रिया दिनुभएको छ । नेतान्याहुले अमेरिकी राष्ट्रपतिको बुधबार घोषणा गरिएको कदमलाई ‘ऐतिहासिक’ भनी प्रशंसा गर्नुभएको छ ।
तर, अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।
साउदी अरबले अमेरिकी कदमलाई ‘आधारहीन र गैरजिम्मेवार’ भनेको छ भने फ्रान्स र बेलायतले अमेरिकी कदमको समर्थन नगर्ने देखिएको छ । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले ट्रम्पको निर्णयलाई निन्दनीय भन्दै पछिल्लो निर्णयबारे राष्ट्रसंघमा उजुरी दिने बताएको छ ।
यसै विषयमा अरब लिगले शनिबार आपतकालीन बैठक आयोजना गर्न लागेको छ भने राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक शुक्रबार हुने अपेक्षा गरिएको छ ।
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि