गाजा, २१ मङ्सिर – प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध व्यापक आन्दोलन गर्न विहीबार आह्वान गरेको छ ।
वेस्ट वैंक, गाजा क्षेत्र र पूर्वी जेरुसेलममा प्यालेस्टिनीहरूले ट्रम्पको अमेरिकी राजदूतावासलाई तेल अभिभबाट जेरुसेलम सार्ने र जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने कदम विरुद्ध विशाल प्रदर्शन गरिरहेका बेला हमासद्वारा ‘इन्तिफादा’ भनिने नयाँ आन्दोलन घोषणा गरेको छ ।
हमासका नेता इस्माइल हानियले गाजामा एक पत्रकार सम्मेलन गर्दै ‘इन्तिफादा’ को घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘आगामी दिन आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रता जोगाउन उत्रिनुपर्ने अवस्था सिर्जना भएको छ ।’
इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले ट्रम्पको प्रशंसा गर्दै उहाँ अब जेरुसलेमको इतिहाससँग संधैका लागि जोडिएको प्रतिक्रिया दिनुभएको छ । नेतान्याहुले अमेरिकी राष्ट्रपतिको बुधबार घोषणा गरिएको कदमलाई ‘ऐतिहासिक’ भनी प्रशंसा गर्नुभएको छ ।
तर, अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्र शक्तिले विरोध गरेका छन् ।
साउदी अरबले अमेरिकी कदमलाई ‘आधारहीन र गैरजिम्मेवार’ भनेको छ भने फ्रान्स र बेलायतले अमेरिकी कदमको समर्थन नगर्ने देखिएको छ । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले ट्रम्पको निर्णयलाई निन्दनीय भन्दै पछिल्लो निर्णयबारे राष्ट्रसंघमा उजुरी दिने बताएको छ ।
यसै विषयमा अरब लिगले शनिबार आपतकालीन बैठक आयोजना गर्न लागेको छ भने राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक शुक्रबार हुने अपेक्षा गरिएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित