लण्डन । पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्ने पहिचान पुरस्कारका लागि यसवर्ष सातवटा कृति छनौट भएका छन् ।
पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा यज्ञशको भुइँया, सरिता तिवारीको प्रश्नहरुको कारखाना, युग पाठकको माङ्गेना, श्याम सिंगकको रेमिटल्याण्ड, नविन विभाषको रोल्पा सुइना, सचित राईको माङखिम, र राज माङलाकको लिम्बुनी गाउँ रहेका छन् ।
लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धी लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्न सो पुरस्कारको स्थापना भएको हो ।
सो पुरस्कारको राशी २ लाख २ हजार २ रुपियाँ रहेको छ । यसअघि सो पुरस्कारबाट राजन मुकारुङको फेरिँदो सौन्दर्य र अर्जुन खालिङको गोयाङको सुगन्ध पुरस्कृत भएका छन् ।
नेपाली साहित्यलाई सम्बृद्ध बनाउन, पहिचानसम्बन्धी अनुसन्धान र लेखनलाई सक्रिय बनाउन, पुरानो मनोविज्ञान भत्काई नयाँ बहुल समाज निर्माण गर्न पुरस्कार स्थापना गरिएको संस्थापक काङमाङ बताउँछन् ।
पुरस्कारको राशी हरेक पाँच वर्षमा वृद्धि गरिने पनि कोषले जनाएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा