
संयुक्त वाम गठबन्धनद्धारा चितवनको रत्ननगरमा आज आयोजना गरेको बृहत् जनसभाका क्रममा मन्तव्य राख्नुहुँदै चितवन क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड । तस्बिर- नारायण ढुंगाना, रत्ननगर चितवन, रासस
रत्ननगर, चितवन, १८ मंसिर (रासस) – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलगत्तै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्नेमा दुविधा नरहेको बताउनुभएको छ ।
चितवनको रत्ननगरमा वाम गठबन्धनद्वारा आज आयोजित बृहत् चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टको सरकार बनाउन कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । यसअघि मंसिर १० गतेको ३२ जिल्लाको निर्वाचनमा कम्युनिष्टको बहुमतभन्दा बढी मत खसेको आफूहरुको निष्कर्ष रहेको बताउनुभयो ।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले एक पटक पाँच वर्ष कम्युनिष्टले सरकार चलाउन पाए ५० वर्ष कम्युनिष्टलाई कसैले केही गर्न नसक्ने जिकिर गर्नुभयो ।
दाहालले भन्नुभयो, ‘एकपटक कम्युनिष्टले जनताको पक्षमा, विकास निर्माण र समृद्धिको पक्षमा पाँच वर्ष काम गर्न पायो भने, ५० वर्ष कम्युनिष्टलाई कसैले रोक्न सक्दैन ।’ त्यसबेला नेपाल एसियाली मापदण्ड मात्रै नभई अन्तर्राष्ट्रियस्तरको बन्ने भन्दै यो ऐतिहासिक अवसर गुम्न दिन नहुनेमा जोड दिनुभयो ।
चितवनको क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण खनाल र दावा लामाको जित सुनिश्चित भइसकेको भन्दै दाहालले अब चितवन नमूना विकासको मोडलमा अघि बढ्ने दाबी गर्नुभयो ।
कार्यक्रममा चितवन क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई भाइ मिलेर चितवनको विकासमा कायापलट गर्ने उद्घोष गर्नुभयो । उहाँले पूर्वी चितवनको कयरखोला र राप्तीको तटबन्धन गरेर यो क्षेत्रमा बाढीबाट भयमुक्त पार्ने बताउनुभयो ।
पहिलो प्राथमिकता शिक्षामा लगानी गर्ने भन्दै पाण्डेले घर नहुनेलाई आवास दिने, वृद्धभत्ता बढाएर पाँच हजार पुरयाउने र देशलाई नयाँ बोटोमा डोहोरयाउने जिकिर गर्नुभयो ।
सो क्रममा (माओवादी केन्द्र)का नेता अमिक शेरचन, अग्नि सापकोटा, एमाले नेता काशिनाथ अधिकारी, कलाकार नारद खतिवडा, चितवन क्षेत्र नं १ को प्रदेशसभा सदस्यका उम्मेदवार कृष्ण खनाल र दावा लामालगायतको सहभागिता थियो ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट