
लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाको बैठक २ डिसेम्बर २०१७, शनिबारका दिन गोरखा प्यालेस रेष्टुरेन्ट, फार्नब्रोमा शाखा अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा शाखाले स्थापना गरेको च्यारिटी सञ्चालक समितिका संयोजक सूर्य गुरुङ र च्यारिटीका अकाउण्टेण्ट लेखनाथ घिमिरेको विशेष उपस्थिति थियो । बैठकले विभिन्न एजेण्डामाथि छलफल गरी महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकमा महासंघ बेलायत शाखाले स्थापना गर्न गइरहेको च्यारिटीको संरचनागत अवधारणा र यसका प्राविधिक पक्षबारे विस्तृत छलफल भयो । अकाउण्टेण्ट लेखनाथ घिमिरेले यसका प्राविधिक पक्षबारे जानकारी गराइ उठेका जिज्ञासाको जवाफ दिएका थिए । त्यसैगरी संयोजक गुरुङले च्यारिटी संचालनका लागि दिइएको जिम्मेवारीका लागि धन्यवाद दिए । सो छलफलपछि च्यारिटी सञ्चालक समितिमा महासचिव लीलामान शेरपुञ्जालाई थप गरिएको छ । च्यारिटी दर्ताका लागि सम्भावित नामहरु सिफारिस गरी अकाउण्टेण्टलाई दिने निर्णय भएको छ ।
च्यारिटीको बैँक खाता सञ्चालनका लागि संयोजक सूर्य गुरुङ र शाखा अध्यक्ष नरेश खपांगीमगरलाई अख्तियारी दिइएको छ । साथै, च्यारिटीको अन्तिम सहयोग विवरण यही डिसेम्बर १५ मा सार्वजनिक गर्ने निर्णय गरिएको छ । साथै सहयोग दिन बाँकी दाताहरुलाई अविलम्ब सहयोग भुक्तान गरिदिन अनुरोध गरिएको छ ।
बैठकले शाखाको सदस्यता वितरणसम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित दफाहरुसहितको नियमावली छिट्टै शाखाको वेवसाइटमा राखिने शाखाले जनाएको छ । बैठकमा अध्यक्ष खपांगीमगरले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणका बारेमा जानकारी गराएका थिए ।
बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालकी आमा भगवती दाहालको असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरियो । शाखाका सल्लाहकार हरिकुमार गुरुङ काजी र महासचिव लीलामान शेरपुञ्जा रसमुर काउन्सिलबाट भोलुण्टियर अवार्डबाट सम्मानित भएकामा बधाई ज्ञापन गरिएको शाखा महासचिव लिलामान शेरपुन्जाले जारी गरेको परिपत्रमा उल्लेख छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने