
लण्डन । विश्व अपांगता दिवसको अवसर पारेर गुल्मी जिल्ला समाज यूकेले हरेक वर्ष गर्ने च्यारिटी कार्यक्रम यसपटक मिडल्याण्डमा गरेको छ । च्यारिटी कार्यक्रमबाट ६ लाख रुपिया भन्दा संकलन भएको समाजले बताएको छ । यो वर्षको च्यारिटी कार्यक्रमबाट संकलित रकम गुल्मीको तम्घासस्थित आशा अपांग केन्द्र र चन्द्रकोट गाउंपालिकाको शान्तिपुरस्थित रेडक्रसलाई सहयोग गर्ने समाजको योजना छ । आइतबार बर्मिंगहममा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गुल्मी जिल्ला समाज यूकेले सामाजिक क्षेत्रमा गरेका कामहरुको प्रशंसा गरे । देशको कला, संस्कृति र परम्पराको जगेर्नामा देशबाहिर बस्ने नेपालीहरुको झनै ठूलो कर्तव्य रहने भन्दै राजदूत डा सुवेदीले सबै गैरआवासीय नेपालीहरु देशका राजदूत जस्तै भएको धारणा राखे ।
विशेष अतिथी एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गुल्मी जिल्ला समाजले अपांगता भएकाहरुको लागि हरेक वर्ष च्यारिटी कार्यक्रम गरेर सहयोग गर्नु सराहनीय काम भएको बताए । गैरआवासीय नेपाली संघ पनि सामाजिक कामहरुको सवालमा सबै संघसंस्थाहरुसंग हातेमालो गरेर काम गर्न तयार रहेको आचार्यले जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष राम गलामीले विगतका वर्षमा समाजले गरेका गतिविधिबारे बताए । उनले गुल्मी जिल्लामा मात्र केन्द्रित नभएर सिंगो नेपालकै अन्य भागहरुमा समेत समाजले सहयोग गर्दै आएको बताए । गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजको स्थापना, दश वर्षको अवधिमा संस्थाले गरेका गतिविधि, अपांगता दिवस, च्यारिटी लगायतका विषयमा संक्षिप्त विवरण प्रस्तुत गरे ।
कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका पूर्व अध्यक्ष अर्जुन गौतम, एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहा मगर, सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष दयानिधी सापकोटा, समाजका सल्लाहकार कमल भण्डारी लगायतका वक्ताहरुले मन्तव्य राख्दै सामाजिक क्षेत्रमा समाजका तर्फबाट भइरहेका कामहरुको प्रशंसा गरे ।
समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राख्दै च्यारिटी कार्यक्रमको औचित्यबारे बताए । कार्यक्रमका संयोजक कृष्ण ढकालले मिडल्याण्डमा पहिलोपटक आयोजित समाजको कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । समाजका अध्यक्ष राम गलामीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार ध्रुबराज अर्यालले गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकारहरु मोती भण्डारी, बालजंग अर्याल, केशव भण्डारी, रोमनाथ पाण्डे, दासुराम पाण्डेका साथै एनआरएनए आइसीसी सहकोषाध्यक्ष सोम सापकोटा, पत्रकार नवीन पोखरेल, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड अध्यक्ष शिव खराल, गल्कोट समाज यूकेका सहसचिव कृष्ण खरेलसहित सो क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेले विशेष प्रस्तुति गरेको थियो भने नेपालबाट आएका कलाकारद्धय सन्तु थापा र रुपा घर्तीले गीतहरु प्रस्तुत गर्दै सहभागीलाई नचाएका थिए । गायक बिरबहादुर थापा र सुमेर ज्ञवालीले पनि आफ्नो गायन प्रस्तुत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा मिसेस यूके नेपालका विजेताहरु अमृता गिरी गजुरेल, प्रिमा भट्टराई र गिता पाण्डे बस्नेतले आकर्षक नृत्य देखाए । स्थानीय कलाकारहरु शिक्षा पौडेल, योजना पाण्डे, सनुजा सापकोटा र समिक्षा भण्डारीले पनि नृत्य प्रस्तुत गरेका थिए । सहभागी सबै कलाकारलाई समाजका अध्यक्ष गलामीले प्रशंसापत्रससहित सम्मान गरेका थिए ।
तस्विरहरु-शिव भण्डारी
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास