
सहारा क्लबद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने जानकारी गराउँदै । तस्बिर – हरि बास्तोला, पोखरा, रासस
पोखरा, १७ मंसिर (रासस) – रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।
सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक-एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा स्थापित गरौं” भन्ने मुख्य उद्देश्यका साथ सो प्रतियोगिता हुने भएको हो ।
पोखरा लेखनाथ उपमहानगरपालिका– १७ मा क्लबद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ सञ्चालित सो फुटबल प्रतियोगितामा कूल एक करोड २१ लाख ८२ हजार आम्दानी एवं ९० लाख पाँच हजार ५०० सय खर्च गरी रु तीस लाख भन्दा बढी आम्दानी गर्ने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिनुभयो ।
मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्र्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको सो फुटबल प्रतियोगता सम्पन्न गर्न पोखरा लेखनाथ महानगरपालिकाको संयोजन, राष्ट्यि खेलकूद परिषद्, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकूद विकास समिति, कास्की जिल्ला फुटवल संघ, सहारा युके, हङकङ, अष्टेलियाको सहयोग रहने कार्यक्रममा जानकारी दिइयो ।
एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग

सहारा क्लबद्वारा संचालन गरिएको एकेडेमीको सहयोगार्थ रु १५ लाखको चेक क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गर्दै सहारा हङकङका महासचिव विलबहादुर तामाङ । तस्बिर – हरि बास्तोला, पोखरा, रासस
पोखरा, १७ मंसिर – खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ ।
‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि रु पाँच लाख सहयोग गरिएको हो ।
क्लबद्वारा आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सहारा हङ्कङका महासचिव विलबहादुर तामाङले सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा सहारा पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार सुरज श्रेष्ठले प्राप्त गरेको रु १५ हजार ५५५ राशिमा आफ्नोतर्फबाट रु चार हजार ४४५ थप गरी रु २० हजार सहारा एकेडेमीको सहयोगार्थ हस्तान्तरण गर्नुभयो ।
क्लबले सहारा एकेडेमीको निरन्तरताका लागि रु पाँच करोड पुरयाउने उद्देश्यका साथ सञ्चालन गरेको अक्षयकोषमा हालसम्म रु एक करोड ३५ लाख संकलन भइसकेको क्लबका महासचिव केशवराज बरालले जानकारी दिनुभयो ।
सो एकेडेमीमा हाल मुलुकका १६ जिल्लाका २८ जना कठिन परिस्थितिका बालक रहेको बताउँदै उहाँ भन्नुहुन्छ, ‘आवासीयरुपमा क्लबद्वारा सञ्चालित एकेडेमीमा बालकको शिक्षा, स्वास्थ्यसँगै फुटबलको समेत प्रशिक्षणमा मासिक रु तीन लाख खर्च आउने गरेको छ ।’
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने