
लन्डन । लामो समयदेखि नर्स अभाव खेपेको बेलायतले तेश्रो मुलुकबाट ५ हजार ५ सय नर्स भित्रयाउने प्रक्रिया अगाडि बढाएको छ ।
‘अर्न, लर्न एण्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका ति नर्सहरु बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनु पर्नेछ । बेलायत आएपछि नर्सहरुले बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।
यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासंग जुध्न मद्दत पुग्ने र यसबाट विकासशील मुलुकहरुका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुबै पक्षकालागि लाभदायी हुने अधिकारीहरुको भनाइ छ । बेलायतमा अहिले झण्डै ४० हजार नर्सको पद खाली रहेको अधिकारीहरुको भनाइ छ ।
तर, आलोचकहरु चाहिं छोटो समयकालागि विदेशबाट जनशक्ति मगाउनुको सट्टा उनीहरुलाई बेलायतमै बस्ने अवसर दिइनुपर्ने बताउंछन् ।
नेपाली समेत संलग्न एक कम्पनी रिक्रुट टु हेल्थ केयरले ग्लोबल लर्निङ प्रोग्राम अन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसंग त्यो संख्यामा नर्स भित्रयाउन सम्झौता गरिसकेको छ । तीनवर्षभित्र ५५ सय नर्स बेलायत ल्याउनु पर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो वृहत भएको दावी कम्पनीको छ ।
अहिले २० वटा देशबाट नर्सहरुले आवेदन दिइरहेको र तीन सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका एकजना निर्देशक बी पी खनालले जानकारी दिए ।
यो स्किममा नेपालबाट समेत आवेदन दिन सकिने जनाउंदै खनालले नर्सहरुको आइएलटिएस् तयारी शुल्क, भिजा शुल्क, हवाइ टिकट देखि हेल्थ सरचार्ज, बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययनसम्म निशुल्क हुने जनाए ।
टियर टु अन्तर्गत बेलायत आउन नर्सहरुले आइएलटिएस वा ओइटी (अकुपेशनल इंगलिस टेस्ट) दिनुपर्नेछ । तर, नर्सिङ अध्ययन तथा नर्सको परीक्षा अंग्रेजी माध्यममै दिएको प्रमाणित गरे वा नर्सहरुले काम गर्ने ठाउंमा पनि अंग्रेजी माध्यममै बिरामी संग उपचार गरेको प्रमाणित गर्न सके बेलायतको नर्सिङ एण्ड मिडवाइफ्री काउन्सिल (एनएमसी) ले अंग्रेजी परीक्षा बिना पनि मान्न सक्ने सम्भावना रहेको खनालले बताए ।
झण्डै दशक अघि बेलायत सरकारले सहज अवसर दिएपछि संसारभरिका हजारौं नर्स बेलायत आएका बताइन्छ । नेपालबाट आएका सयौं नर्स पनि अहिले सपरिवार बेलायतमा बसोबास गरिरहेका छन् ।
नेपलिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कंडेलका अनुसार, बेलायतमा करिब २७ सय नेपाली नर्स विभिन्न अस्पताल तथा नर्सिङ होममा कार्यरत छन् । बेलायतमा पिएचडी गरेका नेपाली नर्स देखि क्लिनिकल नर्स स्पेशलिष्टसम्म रहेको कंडेलले बताइन् ।
वेल्समा कार्यालय रहेको रिक्रुट टु हेल्थ केयरमा नर्सिङमा दुई दशकबढि अनुभव संगालेका युनिभर्सिटी हस्पिटल अफ वेल्सका पूर्व प्रमुख ड्रु फिलिप्स र प्रोफेसर डा. जोन स्टेफेन डेभिज निर्देशक छन् । कम्पनीले बेलायत आउन एक पैसा पनि नदिन आग्रह गरेको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयको ग्लोबल स्पोक पार्टनर रहेको उक्त कम्पनीले एनएचएस र सरकारलाई आवश्यक परे तालिम तथा विभिन्न शैक्षिक सहयोग प्रदान गर्न सकिने जनाएको छ । खनालले नेपाल सरकारसंग पनि आवश्यकता अनुसार कोर्ष डिजाइन गरेर अध्ययनका लागि सघाउन सकिने बताए । इकान्तिपुर
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा