सगुनमा लगानी गर्ने समय ७२ घण्टा थप


लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा लगानी गर्ने समय ७२ घण्टा बढाइएको छ । थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्यरात (न्यूयोर्क समय) सम्म लगानी गर्न म्याद रहनेछ । सगुनले जब्स एक्ट २०१२ ‘मिनि आइपीओ’ अन्तर्गत खुल्ला गरेको दोश्रो चरणको शेयर बिक्री म्याद अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख २०१७ मध्यरात सकिने भएपनि लगानीको चाप र लगानीकर्ताको अनुरोध पछि समय बढाइएको सगुनका संस्थापक गोबिन्द गिरीले जनाएका छन् ।

‘सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आउनु भएको छ’, गिरीले एक विज्ञप्तिमा भनेका छन्, ‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण हाल खुल्ला रहेको शेयर बिक्री अवधि ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’

सगुनको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राविधिक कठिनाइकाकारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको जनाइएको छ । अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएका कारण त्यहाँको समस्या समाधान गर्न र लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको समय पर्याप्त हुने विश्वास सगुनको छ ।

शेयर लगानीको प्रक्रियामा प्रवेश गरेका र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय पर्याप्त हुने विश्वास गिरीले व्यक्त गरेका छन् । उनले सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्न अनुरोध गर्दै यो भन्दा अरु समय थप नहुने जानकारी पनि गराएका छन् ।

विज्ञप्तिमा संसारका विभिन्न भागमा रहेका सबै लगानीकर्ता, शुभचिन्तक, प्राविधिक टिम, विभिन्न देशका सगुन संयोजकहरु, सगुनका प्रयोगकर्ता तथा नेपाल लगायत विश्वभरिबाट सघाउने सञ्चारमाध्यमप्रति आभारी समेत व्यक्त गरिएको छ ।

हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले https://www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् । लगानी सम्बन्धि कुनै प्रकारको जिज्ञासा वा प्रश्न भएमा सगुनको साइटमा २४ सै घण्टा उलपब्ध ‘लाइभ च्याट’ बाट सहयोग लिन सकिने सगुनले जनाएको छ । साथै सगुनले नोभेम्बर २८ तारिख देखि शुरु गरेको हटलाइन सेवा पनि उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री