
लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ मा लगानी गर्ने समय ७२ घण्टा बढाइएको छ । थपिएको समय अनुसार अब डिसेम्बर ३ तारिख मध्यरात (न्यूयोर्क समय) सम्म लगानी गर्न म्याद रहनेछ । सगुनले जब्स एक्ट २०१२ ‘मिनि आइपीओ’ अन्तर्गत खुल्ला गरेको दोश्रो चरणको शेयर बिक्री म्याद अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख २०१७ मध्यरात सकिने भएपनि लगानीको चाप र लगानीकर्ताको अनुरोध पछि समय बढाइएको सगुनका संस्थापक गोबिन्द गिरीले जनाएका छन् ।
‘सगुनमा शेयर लगानीका लागि विश्वभरबाट उत्साहजनक सहभागिता जुटेको छ । लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्याधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रकृयामा आउनु भएको छ’, गिरीले एक विज्ञप्तिमा भनेका छन्, ‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन र लगानीकर्ताको अनुरोधलाई सम्बोधन गर्नुपर्ने भएकाकारण हाल खुल्ला रहेको शेयर बिक्री अवधि ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’
सगुनको लगानीको प्रकृयामा प्रवेश गरेका तर व्यवहारिक र प्राविधिक कठिनाइकाकारण शेयर खरिद प्रकृया पूरा गर्न नपाएका लगानीकर्ताहरुको आग्रहलाई मध्यनजर गरेर ७२ घण्टाको समय थप गरिएको जनाइएको छ । अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएका कारण त्यहाँको समस्या समाधान गर्न र लगानीकर्तालाई सहज वातावरण बनाउन थपिएको समय पर्याप्त हुने विश्वास सगुनको छ ।
शेयर लगानीको प्रक्रियामा प्रवेश गरेका र थपिएको समय उपयोग गर्दै शेयर खरिद गर्न इच्छुक व्यक्तिहरुलाई थपिएको समय पर्याप्त हुने विश्वास गिरीले व्यक्त गरेका छन् । उनले सगुनको साइटमा उपलब्ध फाराम भरेर लगानी प्रकृया पूरा गर्न अनुरोध गर्दै यो भन्दा अरु समय थप नहुने जानकारी पनि गराएका छन् ।
विज्ञप्तिमा संसारका विभिन्न भागमा रहेका सबै लगानीकर्ता, शुभचिन्तक, प्राविधिक टिम, विभिन्न देशका सगुन संयोजकहरु, सगुनका प्रयोगकर्ता तथा नेपाल लगायत विश्वभरिबाट सघाउने सञ्चारमाध्यमप्रति आभारी समेत व्यक्त गरिएको छ ।
हाल थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले https://www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् । लगानी सम्बन्धि कुनै प्रकारको जिज्ञासा वा प्रश्न भएमा सगुनको साइटमा २४ सै घण्टा उलपब्ध ‘लाइभ च्याट’ बाट सहयोग लिन सकिने सगुनले जनाएको छ । साथै सगुनले नोभेम्बर २८ तारिख देखि शुरु गरेको हटलाइन सेवा पनि उपलब्ध छ ।
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय