
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे साउदी अरबको भ्रमण पुरा गरी फर्किएकी छन् । मेको भ्रमणले दुई देशबीचको सम्वन्ध थप बलियो बनाउन सफल भएको जनाइएको छ । साउदी अरब बेलायतका लागि यस क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
प्रधानमन्त्री मेले रियादमा रहँदा साउदीका राजा सल्मान विन अब्दुलाजिज र राजकुमार मोहम्मद विन सल्मानसंग भेटवार्ता गरेकी थिइन् । भेटवार्ताका क्रममा उनीहरुले दुई देशको सम्बन्धका साथै क्षेत्रीय विकासमा समेत जोड दिएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मेले राजा र राजकुमारसंग सिरिया संकट, यमनमा भइरहेको युद्ध र मध्य पूर्वमा भइरहेको शान्ति प्रक्रियाको पहलकदमी लगायतका विषयमा पनि छलफल गरेको बताइएको छ ।
मध्यपूर्वको भ्रमणका क्रममा इराकको आकष्मिक भ्रमणपछि प्रधानमन्त्री मे साउदी अरबको भ्रमणमा गएकी थिइन् । उनले इराकी प्रधानमन्त्री हैदर अल अबादीसंगको भेटमा इस्लामिक स्टेट (आइएस) लडाकु विरुद्धको कारबाही अभियानकाबारे चासो दिएको समाचारमा उल्लेख छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा