
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे साउदी अरबको भ्रमण पुरा गरी फर्किएकी छन् । मेको भ्रमणले दुई देशबीचको सम्वन्ध थप बलियो बनाउन सफल भएको जनाइएको छ । साउदी अरब बेलायतका लागि यस क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो ।
प्रधानमन्त्री मेले रियादमा रहँदा साउदीका राजा सल्मान विन अब्दुलाजिज र राजकुमार मोहम्मद विन सल्मानसंग भेटवार्ता गरेकी थिइन् । भेटवार्ताका क्रममा उनीहरुले दुई देशको सम्बन्धका साथै क्षेत्रीय विकासमा समेत जोड दिएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री मेले राजा र राजकुमारसंग सिरिया संकट, यमनमा भइरहेको युद्ध र मध्य पूर्वमा भइरहेको शान्ति प्रक्रियाको पहलकदमी लगायतका विषयमा पनि छलफल गरेको बताइएको छ ।
मध्यपूर्वको भ्रमणका क्रममा इराकको आकष्मिक भ्रमणपछि प्रधानमन्त्री मे साउदी अरबको भ्रमणमा गएकी थिइन् । उनले इराकी प्रधानमन्त्री हैदर अल अबादीसंगको भेटमा इस्लामिक स्टेट (आइएस) लडाकु विरुद्धको कारबाही अभियानकाबारे चासो दिएको समाचारमा उल्लेख छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा