लन्डन । लन्डन मेयर सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउंदै ट्रम्पको बेलायत भ्रमण रद्द गर्न आग्रह गरेका हुन् । यस अघि पनि बेलायती नागरिकले ट्रम्पको भ्रमणबारे विरोध जनाएका थिए ।
लन्डन महानगर प्रमुख खानले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण बेलायतमा उनलाई उचित सम्मान मिल्न नसक्ने बताएका छन् । प्रधानमन्त्री टेरेजा मे सरकारका प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको बताएका छन् ।
बेलायती गृहमन्त्री एम्बर रडले बिहीबार सरकारको धारणा दोहोरयाउंदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत थियो भनेकी छन् । ‘मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ’, रडले भनिन् । गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिंद बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्ने जनाइन् । ‘वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन’, रडको भनाइ थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]