ट्रम्पको बेलायतमा हुने राजकीय भ्रमण विवादमा

तस्विरः एपी

लन्डन । लन्डन मेयर सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउंदै ट्रम्पको बेलायत भ्रमण रद्द गर्न आग्रह गरेका हुन् । यस अघि पनि बेलायती नागरिकले ट्रम्पको भ्रमणबारे विरोध जनाएका थिए ।

लन्डन महानगर प्रमुख खानले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण बेलायतमा उनलाई उचित सम्मान मिल्न नसक्ने बताएका छन् । प्रधानमन्त्री टेरेजा मे सरकारका प्रवक्ताले 
अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको बताएका छन् ।

बेलायती गृहमन्त्री एम्बर रडले बिहीबार सरकारको धारणा दोहोरयाउंदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत थियो भनेकी छन् । ‘मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ’, रडले भनिन् । गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिंद बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्ने जनाइन् । ‘वर्तमान् सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा 
गर्ने कुनै समूहलाई पनि सहन सक्दैन’, रडको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री