चितवन, १४ मंसिर – त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिनुभयो ।
उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल पुरयाइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो ।
लु २ ख २९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो । घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
नदीमा डुबेको बस निकाल्नका लागि प्रयास जारी छ । बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनीषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताउनुभयो ।
दुर्घटनामा घाइते भएका छमहिने बालककी आमा थापा भएको उहाँले बताउनुभयो । बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक र सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताइएको छ ।
काठमाडौंबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान ९.१५ बजे दुर्घटना भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त