चितवन, १४ मंसिर – त्रिशूली नदी बस दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । नदीमा हराइरहेकाको खोजी जारी रहेको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक थापाले मृत्यु हुनेमा अर्घखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासी बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल, रुपन्देही देवदह– ९ का ३० वर्षीय दीपक पाण्डे, कपिलवस्तु बाङ्ग्राका ३९ वर्षीय ओमबहादुर सिंजापति र वतन खुल्न नसकेका अन्दाजी ३० वर्षीय विष्णु रहेको जानकारी दिनुभयो ।
उपचारका लागि ललितपुरको बिएण्डबी अस्पताल पुरयाइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा बुधबार नै मृत्यु भएको थियो ।
लु २ ख २९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो । घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १३ जनाको बिएण्डबी र नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
नदीमा डुबेको बस निकाल्नका लागि प्रयास जारी छ । बससँगै अन्य तीन जना बेपत्ता भएको अनुमान गरिएको छ । प्रहरी उपरीक्षक थापाले अर्घाखाँचीका मनीषा थापा र शंकर कुँवरका परिवारले उनीहरु बेपत्ता भएको जनाएको बताउनुभयो ।
दुर्घटनामा घाइते भएका छमहिने बालककी आमा थापा भएको उहाँले बताउनुभयो । बालकको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । बसले शुरुमा २६ जनाको चलानी काटेको, कलंकीबाट चार जना चढाएको र चालक र सहचालक दुई जना गरी बसमा ३२ जना सवार रहेको बताइएको छ ।
काठमाडौंबाट अर्घखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा बुधबार बिहान ९.१५ बजे दुर्घटना भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने