लन्डन । एकजना ५० वर्षीया महिलालाई उनकै घरमा एकजना भूतपूर्व गोर्खा सैनिकको ज्यान लिएकोमा दोषी ठहराइएको छ । तर, विनचेस्टर क्राउन कोर्टका जुरीले अल्डरशट, भिक्टोरिया रोड बस्ने सुन तामाङलाई ७५ वर्षीय मान लिम्बुको नियतवश हत्या नगरेको ठहर गरेको छ ।
जुरीले उनलाई स्वर्गीय लिम्बुकी श्रीमती गायत्री देवी लिम्बुलाई कुटपिट गरेकोमा पनि दोषी ठहरयाएको छ । उनलाई आउँदो डिसेम्बर २१ तारिखका दिन सजाय सुनाइने छ ।
अभियोजन पक्षका वकील स्टेफेन हार्भे क्यूसीले भने, ‘उनले किन त्यसो गरिन् भन्ने कहिल्यै नखुल्न सक्छ तर उनले नै ज्यान लिएकी हुन् भन्नेमा चाहिं कुनै शंका छैन ।’
सुन तामाङका छोराछोरीले आफूहरुले मान लिम्बुको शव आफ्नै घरको भान्साकोठामा भेट्टाएको बताएका थिए ।
सुन तामाङले एउटा कागजमा नेपाली भाषामा ‘यो मानिस मेरो घरमा आयो, उसले ढोका ढकढक गरयो र मलाई हमला गरयो । त्यसपछि मैले पनि त्यसको जवाफ दिएँ । यसमा मेरा छोराछोरीको कुनै दोष छैन’ लेखेर छाडेकी थिइन् ।
वकील हार्भेले त्यसपछि उनी मान लिम्बुको घर गएको, उनकै साँचोबाट घरको ढोका खोलेर भित्र पसेको र मान लिम्बुकी श्रीमती गायत्री देवी घर फर्केपछि उनीमाथि खुकरी प्रहार गरेको बताएका थिए ।
बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा समुदायको संख्या बढ्दै जाँदा यस्ता आपराधिक घटनाहरुले शान्तिप्रेमी गोर्खा समुदायप्रतिको धारणा बदलिन सक्ने भन्दै समुदायकै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक