लन्डन । एकजना ५० वर्षीया महिलालाई उनकै घरमा एकजना भूतपूर्व गोर्खा सैनिकको ज्यान लिएकोमा दोषी ठहराइएको छ । तर, विनचेस्टर क्राउन कोर्टका जुरीले अल्डरशट, भिक्टोरिया रोड बस्ने सुन तामाङलाई ७५ वर्षीय मान लिम्बुको नियतवश हत्या नगरेको ठहर गरेको छ ।
जुरीले उनलाई स्वर्गीय लिम्बुकी श्रीमती गायत्री देवी लिम्बुलाई कुटपिट गरेकोमा पनि दोषी ठहरयाएको छ । उनलाई आउँदो डिसेम्बर २१ तारिखका दिन सजाय सुनाइने छ ।
अभियोजन पक्षका वकील स्टेफेन हार्भे क्यूसीले भने, ‘उनले किन त्यसो गरिन् भन्ने कहिल्यै नखुल्न सक्छ तर उनले नै ज्यान लिएकी हुन् भन्नेमा चाहिं कुनै शंका छैन ।’
सुन तामाङका छोराछोरीले आफूहरुले मान लिम्बुको शव आफ्नै घरको भान्साकोठामा भेट्टाएको बताएका थिए ।
सुन तामाङले एउटा कागजमा नेपाली भाषामा ‘यो मानिस मेरो घरमा आयो, उसले ढोका ढकढक गरयो र मलाई हमला गरयो । त्यसपछि मैले पनि त्यसको जवाफ दिएँ । यसमा मेरा छोराछोरीको कुनै दोष छैन’ लेखेर छाडेकी थिइन् ।
वकील हार्भेले त्यसपछि उनी मान लिम्बुको घर गएको, उनकै साँचोबाट घरको ढोका खोलेर भित्र पसेको र मान लिम्बुकी श्रीमती गायत्री देवी घर फर्केपछि उनीमाथि खुकरी प्रहार गरेको बताएका थिए ।
बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा समुदायको संख्या बढ्दै जाँदा यस्ता आपराधिक घटनाहरुले शान्तिप्रेमी गोर्खा समुदायप्रतिको धारणा बदलिन सक्ने भन्दै समुदायकै अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा