लन्डन । नेपाल आइडल टप फोर सागर आलेसहितका कलाकार बेलायत आउन काठमाडौंबाट प्रस्थान गरेका छन् ।
बेलायतका विभिन्न शहरमा हुने सांस्कृतिक कार्यक्रम ‘सागर आले सांझ’ मा सहभागी हुन नेपाल आइडल टप फोर सागर आले, उनका दाई बीग आइकन साजन आले र लोकगायिका माया (इन्द्र) गुरुङ बेलायत आउन लागेका हुन् ।
कलाकारहरु मंगलबार सांझ लन्डन उत्रने कार्यक्रम सहयोगी एवं एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।
कलाकारत्रयको पहिलो कार्यक्रम डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो शो २ डिसेम्बर सांझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो लन्डनस्थित आर्क एल्भिन एकेडेमी एभिन्यू वेम्ली (पहिलेको कोपल्याण्ड स्कुल) मा हुने तयारी छ ।
‘कार्यक्रम तयारी र माहोल गज्जब भएको छ’, गुरुङले उत्साहित हुंदै भने, ‘बीचमा केही असमझदारी देखिएपनि अब सबैले सकारात्मक सोच लिएर हामीलाई साथ दिनु भएको छ, हामी सबैप्रति आभारी छौं ।’
उनले कार्यक्रममा सहभागी भएर नेपाली प्रतिभाहरुलाई साथ दिन अनि नेपाली कला संस्कृतिको जगेर्ना गर्न पनि आग्रह गरे ।
३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा शारदा गुरुङ, रुक आले, ज्योति रजाली मगर, इन्द्र आले थापा, ज्ञान गुरुङ लगायतले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।
यसअघि नेपाल आइडल विजेताहरुको कार्यक्रम बेलायतमा भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक