लन्डन । नेपाल आइडल टप फोर सागर आलेसहितका कलाकार बेलायत आउन काठमाडौंबाट प्रस्थान गरेका छन् ।
बेलायतका विभिन्न शहरमा हुने सांस्कृतिक कार्यक्रम ‘सागर आले सांझ’ मा सहभागी हुन नेपाल आइडल टप फोर सागर आले, उनका दाई बीग आइकन साजन आले र लोकगायिका माया (इन्द्र) गुरुङ बेलायत आउन लागेका हुन् ।
कलाकारहरु मंगलबार सांझ लन्डन उत्रने कार्यक्रम सहयोगी एवं एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।
कलाकारत्रयको पहिलो कार्यक्रम डिसेम्बर १ मा अल्डरसटस्थित एम्पायर हल, दोश्रो शो २ डिसेम्बर सांझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो लन्डनस्थित आर्क एल्भिन एकेडेमी एभिन्यू वेम्ली (पहिलेको कोपल्याण्ड स्कुल) मा हुने तयारी छ ।
‘कार्यक्रम तयारी र माहोल गज्जब भएको छ’, गुरुङले उत्साहित हुंदै भने, ‘बीचमा केही असमझदारी देखिएपनि अब सबैले सकारात्मक सोच लिएर हामीलाई साथ दिनु भएको छ, हामी सबैप्रति आभारी छौं ।’
उनले कार्यक्रममा सहभागी भएर नेपाली प्रतिभाहरुलाई साथ दिन अनि नेपाली कला संस्कृतिको जगेर्ना गर्न पनि आग्रह गरे ।
३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा शारदा गुरुङ, रुक आले, ज्योति रजाली मगर, इन्द्र आले थापा, ज्ञान गुरुङ लगायतले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।
यसअघि नेपाल आइडल विजेताहरुको कार्यक्रम बेलायतमा भइसकेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा