
लन्डन । आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतस्थित नेपालीले विरोध गरेका छन् ।
बुद्ध फाउण्डेशन यूकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’ भनेर दिएको अभिव्यक्तिप्रति कडा भत्सना
गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।
गत अक्टोबर १६, २०१७ का दिन भारतको उत्तर प्रदेशमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्वोधन गर्दै लामाले नेपालीलाई ‘मुर्ख’ भन्दै बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए । उनले बोलेको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ र यसलाई विश्वभरका नेपालीले विरोध गरिरहेका छन् ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल भएकोबारे संयुक्त राष्ट्रसंघीय निकाय ’युनेस्को’ ले मान्यता दिइसकेको अवस्थामा लामाको अभिव्यक्तिले करोडौं नेपालीको भावनामा आघात पुग्नुका साथै बुद्धको जन्मस्थलबारे भ्रम फैलाउन मद्दत पुगेको बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव गणेश खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित