
लन्डन । आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतस्थित नेपालीले विरोध गरेका छन् ।
बुद्ध फाउण्डेशन यूकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’ भनेर दिएको अभिव्यक्तिप्रति कडा भत्सना
गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।
गत अक्टोबर १६, २०१७ का दिन भारतको उत्तर प्रदेशमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्वोधन गर्दै लामाले नेपालीलाई ‘मुर्ख’ भन्दै बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए । उनले बोलेको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ र यसलाई विश्वभरका नेपालीले विरोध गरिरहेका छन् ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल भएकोबारे संयुक्त राष्ट्रसंघीय निकाय ’युनेस्को’ ले मान्यता दिइसकेको अवस्थामा लामाको अभिव्यक्तिले करोडौं नेपालीको भावनामा आघात पुग्नुका साथै बुद्धको जन्मस्थलबारे भ्रम फैलाउन मद्दत पुगेको बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव गणेश खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]