लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानीय रशमोर बरो काउन्सिलका काउन्सिल क्याबिनेट लिडर एवं काउन्सिलरबीच त्रैमासिक बैठक सम्पन्न भएको छ । २० नोभेम्बर २०१७ का दिन रशमोर फायर एण्ड रेस्क्यू सर्भिसेज कक्षमा सम्पन्न बैठकमा नेपाली समुदायका अगुवाहरु पनि सहभागी थिए ।
नेपाली समुदायलाई बेलायती संस्कार, रहनसहन, नियम कानुन, लगायत जीवन पद्धतिका विविध बिषयमा जानकारी गराउने एवं नेपाली र स्थानीय समुदायबीच आपसी सम्वन्ध विस्तार गर्ने उद्देश्यले हरेक तीन महिनामा बैठक गर्ने गरिएको छ ।
बैठकमा फायर एण्ड सेफ्टी विषयमा रशमोर फायर स्टेशनका स्टेशन मेनेजर पोल, कम्युनिटी सेफ्टी अफिसर फिल र नयनाले प्रिजेण्टेशन दिंदै ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गरि नेपाली समुदायलाई ‘फायर एण्ड सेफ्टी’ विषयमा सुसूचित गराउन पाउंदा खुशी लागेको बताए ।
उक्त अवसरमा स्थानीय समुदायलाई नेपाली करी कुकिङ प्रशिक्षण दिने र दुवै समुदायका नेताहरुबीच संयुक्त भोजन प्रवन्ध गर्ने निर्णय भए अनुरुप सल्लाहकार शेर सुनारको सहयोगमा भेटघाट रेष्टुरेन्टका सेफ सुरेश र संगीता गैरेले लाइभ कुकिङ प्रशिक्षण दिएका थिए ।
सामूहिक भोजनका क्रममा विशेष गरि नेपाली बृद्धबृद्धाको स्वास्थ्य, सुरक्षा विषयमा छलफल भएको थियो भने हस्पिटल, काउन्सिल, रशमोर फायर एण्ड रेस्क्यू सर्भिसेज तथा अरु एजेन्सीहरुले काम गर्दा ग्रेटर रशमोर नेपाली कम्युनिटीसंग सहकार्य गर्ने कुरामा सहमति भयो ।
बैठकमा अध्यक्ष जीव बेलबासे, निवर्तमान अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, शेर सुनार, क्याप्टेन महेन्द्र लिम्बु, कृष्ण गुरुङ, मधुकर गुरुङ, क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, डेपुटी लिडर केन, काउन्सिलर बारबा, मार्टिन लगायतले आ आफ्नो धारणा ब्यक्त गरेका थिए भने सल्लाहकार क्याप्टेन राजु गुरुङले नेपालीसंग सम्बद्ध कुनै पनि काम ग्रेटर रशमोर नेपाली कम्युनिटी मार्फत नै हुनुपर्नेमा जोड दिए ।
बैठकको अन्त्यमा क्याबिनेट लिडर डेभिड क्लीफोर्ड र अध्यक्ष जीव बेलबासेले रशमोर फायर एण्ड रेस्क्यू सर्भिसेज स्टेशन मेनेजर पोल र उनको टिम, सल्लाहकार शेर सुनार, सेफ सुरेश र असिस्टेन्ट सेफ संगीता गैरेलाई विशेष धन्यवाद तथा सहभागी सबैमा आभार व्यक्त गरे ।
बैठकमा सल्लाहकार क्याप्टेन बिष्णु श्रेष्ठ, महिला संयोजक लिला माबो, ग्रेटर रशमोर नेपाली ब्याडमिन्टन एशोसिएसनका अध्यक्ष मोहन गुरुङ र सुरेश थापा समेतको सहभागिता थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा